कञ्चनपुर,फागुन ३ गते । कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिहरुको बोली र व्यवहारको कुनै ठेगान नभएको आरोप शिक्षकहरुले लगाएका छन् ।
तलब खुवाउनका लागि आन्दोलनरत शिक्षकहरुसंग गरेको प्रतिबद्धताको समयसिमा सकेको एक हप्ता बित्दा समेत प्रतिबद्धता पुरा नगेपछि शिक्षकहरुले सो आरोप लगाएका हुन् । कञ्चनरुपका ३३ सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले गत माघ १७ गते कञ्चनरुप नगरपालिकाको मूल गेटमा तालाबन्दी गरी आन्दोलन गरेका थिए । आन्दोलनरत शिक्षक,कर्मचारीहरुसँग गत माघ १८ गते उपप्रमुख मुनाकुमारी पोखरेल, वडाअध्यक्ष कृष्णा प्रसाद साह,कैलाश साह,मेहदी हुसैन,श्यामानन्द चौधरी लगायतका कार्यापालिका सदस्यहरुले माघ २६ गतेभित्र तलब भत्ता शिक्षकहरुले नपाएको खण्डमा जनप्रतिनिधिहरुलेनै तालाबन्दी गर्ने लिखित सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो ।
कञ्चनरुपकी उपप्रमुख मुनाकुमारी पोखरेलले सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीहरुले बुधबार कञ्चनरुप नगरपालिकाको मूल गेटमा लगाइएको ताला अगामी २६ गते भित्र तलब खुवाउने प्रतिबद्धता जनाएपछि तालाबन्दी खोलिएको थियो । गत माघ १५ गते उपप्रमुख मुना कुमारी पोखरेलको नेतृत्वमा समेत माघ २५ गतेदेखी विकास निमार्ण लगायतको काम अघि नबढे पालिकामा तालाबन्दी गर्ने निर्णय गरेका थिए ।
शिक्षक,कर्मचारीहरुले संयुक्त रुपकमा गरेको आन्दोलनमा जिम्मेबार जनप्रतिनिधिहरुले गैर जिम्मेबारी काम गरिरहेको आन्दोलनका संयोजक शंकर माबिका सुब्बाटोल बरमझियाका प्रअ गजेन्द्र प्रसाद चौधरीले भने,‘ तलब खुवाउने प्रतिबद्धता गरेको एक हप्ता बितिसक्यो तर पनि शिक्षकहरुको खातामा तलब गएको छैन । २६ गते तलब नखुआए आफै तालाबन्दी गर्ने उपप्रमुख,वडाअध्यक्षहरु पनि उस्तै छन् ।’
बिहीबार प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहलाई विद्यालयका केही प्रअहरु तलबका विषयमा सोध्द जादा भोलाी शुक्रबार खातामा पैसा जाने जानकारी गराएको संयोजक चौधरीले बताए ।
कञ्चनरुप नगरपालिका प्रवक्ता कृष्णा प्रसाद साहलाई अवलोकित दैनिकले शिक्षकहरुले कहिलेसम्ममा तलब खान्छ भन्ने प्रश्नको जवाफमा तलब त खातामा गइसक्यो भन्दै पन्छिए । शिक्षकहरुलाई माघ २६ गते तलब नखुवाए तालाबन्दी गर्ने निर्णयबारे सोध्दा वडाअध्यक्ष समेत रहेका साहले शिक्षकहरुको तलबबारे लेखाअधिकृतसँग सोधेर जानकारी गराउने बताए ।
नगरप्रमुखको गैर जिम्मेबारीपनले नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीहरुले समयमा तलब भत्ताका लागि विद्यालयमा पढाउन छोडेर गत माघ १६ गते कार्यालय परिसरमा धर्ना दिएका थिए १७ र १८ गते कञ्चनरुप नगरपालिकामा विहान १० बजे मूल गेटमा तालाबन्दी गरेका थिए ।
गत पुस २५ गते नै कञ्चनरुप नगरपालिकाको कार्यापालिकाको बैठकले पुस २९ गते आईतबार आर्थिक बर्ष २०८०÷०८१को बजेट खर्च गर्ने अख्तियारी दिने निर्णय गरेको थियो । तर कार्यापालिकाको उक्त निर्णयलाई नगरप्रमुख गुप्ताले व्यक्तिगत स्वार्थका कारण पदीय जिम्मेबारी बिपरीत अख्तियारी नदिएपछि पालिका लथालिङ्ग बनेको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४को दफा १६ दफा(४)को उपदफा (१)क.(५)मा सभा कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने नगर प्रमुखको काम,कर्तव्य र अधिकार तोकेको छ । पछिल्लो पटक नगरप्रमुख ललन प्रसाद गुप्ताले आपूmलाई सजिलो हुने प्रमुख प्रशासकीय प्रमुखमा साहलाई ल्याएर अख्तियारी दिएपछि चाडै तलब खाने आश शिक्षकहरुले गरेका थिए । तर प्रमुख प्रशासकीय अधिकृत साह हाजिर भएको पनि हप्तादिनभन्दा बढी भइसक्यो तर पनि तलब पाएका छैनन् ।
प्रतिक्रिया