कञ्चनपुर,४ फागुन । कञ्चनरुप नगरपालिकाले समाजिक सुरक्षा भत्ता समयसिमा बितेको ३ महिना ढिलो पठाएकोमा दोस्रो किस्ता समेत समयमा नदिएपछि जेष्ठ नागरिकहरुमा मारमा परेका छन् ।
जेष्ठ नागरिक, एकल महिला,अपाङ्ग,बालपोषण भत्ता दोस्रो किस्ता रकम पुस मसान्तमा पठाउनुपर्नेमा कञ्चनरुपका नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशसाकीय अधिकृत रामनारायण साहको गैर जिम्मेबारीपनका कारण समस्यामा परेका छन् ।
समाजिक सुरक्षा भत्ताबाट औषधी,फलपूmल खाने र दुध खाने जेष्ठ नागरिकहरुलाई कञ्चनरुप नगरपालिकाले पट पटक गैर जिम्मेबार हर्कतका कारण ५ हजार भन्दा बढीले दुःख पाइरहेका छन् । समाजिक सुरक्षा निकासामा ढिलो भएको भन्दैं बिहिबार कञ्चनरुप नगरपालिकाको कार्यालयमा केही जेष्ठ नागरिकहरुले डेलिकेशन गएको थियो ।
जेष्ठ नागरिक,एकल महिला ,अपाङ्ग तथा बालपोषण भता निकासामा ढिलो भएको भन्दैं कञ्चनरुप नगरपालिका वडा नं.८ निवासी जेष्ठ नागरिक बिसो पासवानको अगुवाईमा गएका जेष्ठ नागरिकहरु कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामनारायण साहसँग छलफल गरी छिटो उक्त भत्ता निकासा गर्न आग्रह गरेका थिए । जेष्ठ नागरिक पासवानले भत्ता नपाएका कारण आफू र आफनो पत्नीलाई औषधी खान समेत समस्या परेको बताउँदै तत्काल भत्ता नपठाए पालिकामा सबै जेष्ठ नागरिक धर्ना दिने जानकारी गराएका थिए ।
कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामनारायण साहले आपूm कार्यालयमा हाजिर भएको एक हप्ता मात्रै भएको बताउँदै एक÷दुई दिन भित्र भत्ता बैंकमा दाखिला हुने र बैंकले आपनो प्रक्रिया अनुसार वितरण गर्ने बताएका थिए ।
कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले यसअघिका प्रमुख प्रशसाकीय अधिकृत पुरुषोत्तम घिमिरेलाई खाता संचालनका लागि अख्तियारी नदिएका कारण जेष्ठ नागरिक,एकल महिला,बालपोषण भत्ता मात्रै होइन शिक्षक,कर्मचारीहरुले समेत समयमा तलब भत्ता खान पाएका छैनन् । शिक्षक,कर्मचारीहरुले त गत माघ १७ गते तलबका कञ्चनरुप नगरपालिकामा तालाबन्दी नै गरेका थिए ।
प्रतिक्रिया