‘सञ्चारमाध्यम अझै समानुपातिक समावेशी हुन सकेको छैन’

  • फाल्गुन ७, २0८0
  • 4
...


काठमाडौं,फागुन ७ गते ।
विश्व सामाजिक मञ्चको १६औं सम्मेलन अन्तर्गत आइतबार काठमाडौंमा भएको ‘आमसञ्चार र दलित’ विषयक अन्तरसंवादमा वक्ताहरूले आम सञ्चारमाध्यममा अझै समानुपातिक समावेशी हुन नसकेको बताएका छन् ।
जागरण मिडिया सेन्टर, राष्ट्रिय दलित पत्रकार संघ र देउराली फाउन्डेशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले वर्षौंदेखि जातव्यवस्थाको मारमा दलित समुदाय परेकाले यसको प्रभाव सञ्चारमाध्यममा पनि देखिएको बताएका थिए । 
पत्रकार तथा सामाजिक अभियन्ता भोला पासवानले दलित पत्रकारलाई सञ्चारगृहले विश्वास नगर्ने र आर्थिक शोषणमा पार्ने गरेकै कारण दलित पत्रकार पत्रकारितामा टिक्न नसकेको बताएका थिए। “पत्रकारको क्षमतालाई भन्दा पनि जातलाई हेरिन्छ। दलितको विषय आउँदा दलित पत्रकारलाई मात्र लेख्न लगाउने चलन छ। पत्रकारलाई पत्रकारका रूपमा हेरिनुपर्छ,” उनले भने।
पासवानले नेपाल पत्रकार महासंघमा समेत आबद्ध दलित पत्रकारको संख्या न्यून रहेको उल्लेख गरे। कोभिड–१९ महामारीपछि पत्रकारिता क्षेत्र नै धराशायी बन्दै गएको अवस्थामा दलित पत्रकार झनै यसको मारमा परेको उनको भनाइ थियो।
पत्रकार तथा लेखक तारामणि सापकोटाले संविधानमा भएको समानुपातिक समावेशी व्यवस्था आमसञ्चार क्षेत्रमा नदेखिएको बताएका थिए। कान्तिपुर, नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण पोस्ट् लगायत दैनिक पत्रिकामा दलित पत्रकार एक प्रतिशतभन्दा कम रहेको तथा गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समितिमा पाँच प्रतिशतभन्दा कम रहेको तथ्यांक पनि उनले प्रस्तुत गरेका थिए।
त्यस्तै, क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)की कार्यवाहक अध्यक्ष संगीता लामाले संविधान, ऐन, कानून अनुसार सबै समान भनिए पनि वर्षौंदेखिको मानसिकता परिवर्तन नहुँदा अवस्था उस्तै भएको बताएकी थिइन्।
भारतीय पत्रकार कुन्दन भगतले भारतीय सञ्चारमाध्यममा अहिले पनि ब्राह्मणकै हालीमुहाली भएको तथा समावेशी समाचार कक्षका सवालमा नेपालको तुलनामा भारत निकै पछाडि रहेको बताएका थिए।
कार्यक्रममा लैंगिक विश्लेषक भारती सिलवाल गिरीले जातीय विभेद गर्ने रूढिवादी प्रथा–परम्परा हटाउन सबै जुट्नुपर्ने बताएकी थिइन्। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले आमसञ्चारमा दलितको प्रतिनिधित्व न्यून भएकाले यसलाई सुधार गर्न सबैले पहल गर्नुपर्ने बताएका थिए।
दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले भने आमसञ्चारमा दलित पत्रकारको प्रतिनिधित्व क्रमिक रूपमा सुधार हुँदै गएको बताएका थिए। “मैले पत्रकारिता शुरू गर्दाको तुलनामा अहिले राष्ट्रिय पत्रपत्रिकामा दलित पत्रकारको संख्या बढेको छ,” पहाडीले भनेका थिए। 
जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता पत्रकार सीता बीकेले सञ्चालन गरेको कार्यक्रममा नेपाल र भारतका लेखक, पत्रकार, अधिकारकर्मी लगायत विभिन्न क्षेत्रमा काम गर्ने सामाजिक अभियन्ताको उपस्थिति थियो।

प्रतिक्रिया

eraRHpxovkIQl

२0८१ बैशाख ७ गते १६:४२

QoNcYuFAm

  • 3 Replies
  • 0 Likes
  • 0 Dislikes

SupEJNZUwniGkCgd

२0८१ बैशाख २0 गते १२:३६

NJFxtCKypEje

  • 0 Likes
  • 0 Dislikes

SupEJNZUwniGkCgd

२0८१ बैशाख २0 गते १२:३६

NJFxtCKypEje

  • 0 Likes
  • 0 Dislikes

SupEJNZUwniGkCgd

२0८१ बैशाख २0 गते १२:३६

NJFxtCKypEje

  • 0 Likes
  • 0 Dislikes