किशोर पासवान
कञ्चनपुर, असोज २६ गते । कञ्चनरुप नगरपालिका–८ स्थित पूर्व पश्चिम राजमार्ग अन्र्तगत पेट्रोल पम्प नजिक दुई सवारी साधन शनिबार विशान आपसमा ठोकिदा ९ जना घाईते भएका छन् ।
पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ३ ख ९०३३ नम्वरको बस सोही दिशा तर्फ जादै गरेको ना ४ ख ८५०३ नम्वरको मालवाहक ट्रकलाई पछाडीबाट ठोकिदा ९ जना घाईते भएको हो । काठमाण्डौबाट आउदै गरेको उक्त बसले ट्रकलाइ पछाडीबाट ठोकिदा ट्रक चालक सहिचत ९ जना घाईते भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घाईते हुनेमा ट्रक चालक पर्सा ठोरी नगरपालिका ५ बस्ने वर्ष ५६ को शंकर तामाङ्ग,नवल परसी कावासोती न.पा. १२ बस्ने वर्ष ५६ की माया कुमारी पौडेल,चितवन जुगडी न.पा. १ बस्ने वर्ष ५५ की तारा देवी पौडेल,ईलाम पशुपति न.पा. २ वस्ने वर्ष २५ की सावित्रा तामाङ्ग र वर्ष १६ की रोजिना थापा, भारत दार्जिलिङ्ग बस्ने वर्ष ४३ को जिग्ने लामा,दोलखामाली डाढा गा.पा. ३ बस्ने वर्ष ४८ को दुर्गे थापा,काठमाण्डौ माहानगरपालिका ६ बस्ने वर्ष ४९ को देव प्रकाश राई सोही ठाउ वडा नं. ७ बस्ने औजिना राई समेत कञ्चनरुप नगरपालिका ११ धरमपुर धर्मेश्वर हस्पिटलमा उपचार गरी समान्य घाईते रहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया