किशोर पासवान
कञ्चनपुर,फागुन ११ गते ।
कञ्चनरुप नगरपालिकाले समयमा बजेट निकासा नगरेपछि पालिकाभरीका सामुदायिक विद्यालयहरुमध्ये अधिकाशले खाजा खुवाउन बन्द गरेको छ ।
खाजा कार्यक्रम बन्द भएपछि अधिकाश विद्यालयमा विद्यार्थी संख्या घटेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझिया स्थित रहेको श्री दलित राष्टिय प्राथमिक विद्यालय तत्मा टोल बरमझियामा दिवा खाजा खुवाउन छोडे पछि विद्यार्थीको संख्या घटदै गएका छन् ।
शुक्रवार श्री दलित राष्टिय प्राथमिक विद्यालय तत्मा टोल बरमझियामा दिवा खाजा खुवाउन छोडे पछि विद्यार्थीको संख्या घटदै बाल विकास कक्षा देखी कक्षा ३ सम्मा कुल विद्यार्थी १ सय ५ जना मध्ये ५९ जना विद्यार्थी मात्र उपस्थित रहेको पाईएको हो ।
उक्त विद्यायलमा बालविकास तर्फ १६ जना छात्र १९ जना छात्रा जम्मा ३५ जना मध्ये २३ जना मात्र उपस्थिती रहेका थिए भनी काक्ष १ तर्फ ९ जना छात्र ९ छात्रा जम्मा १८ जाना विद्यार्थी मध्ये १३ जना मात्र उपस्थिती रहेको पाईएको छ । त्यस्तै कक्षा २ तर्फ छात्र ११ जना छात्रा १७ जना जम्मा २८ जना विद्यार्थी मध्ये १४ जना विद्यार्थी उपस्थिती रहेको र कक्षा ३ तर्फ छात्र १३ छात्रा ११ जम्मा २४ जना विद्यार्थी मध्ये ९ जना मात्र उपस्थिती रहेको विद्यालयका प्र.अ.रविन्द्र यादवले बताए । प्रअ यादवले भने,‘ हामी दिवा खाजा खुवाउदाको समयमा विद्यालयमा विद्यार्थी संख्या उल्लेखनीय उपस्थित हुन्थ्यो तर अहिले ५० प्रतिशत कम भएको छ । ’
कञ्चनरुप नगरपालिकाले दिवा खाजा खुवाईएको पहिलो किस्ताको भुक्तानी नदिए पछि हामी विद्यालयहरु माघबाट नै दिवाखाजा खुवाउन बन्द गरीए पछि विद्यार्थी हरुको संख्या घटिएको प्रअ यादबले बताए । प्र.अ. यादवले भने,‘यस विद्यालयमा पर्खालका लागि वडा कार्यालयमा कैयौं पटक निवेदन दिए तर कुनै वास्ता भएको छैन । विद्यालयमा खाने पानीको समेत अभाव छ ।’
कक्षा १देखी ५ सम्मका विद्यार्थीहरुका लागि सरकारले स्थानीय तहमार्फत विद्यालयमा प्रति विद्यार्थी १५रुपैया बजेट दिदै आएको छ । तर कञ्चनरुप नगरपालिकाले संघीय सरकारले पठाएको बजेट समयमा निकासा नगरी दिदा पालिकाका हजारौं विद्यार्थी प्रभावित भएका छन् ।
पालिकाका शिक्षक र कर्मचारीहरुले लामो समय आन्दोलन गरेपछि बल्ल तलब खान पाएका छन् तर निमुखा बालबालिकाहरुको खाजाको विषयमा अहिलेसम्म बजेट निकासा भएको छैन । अवलोकित दैनिकले केही समय पहिला समेत पटक पटक दिवा खाजाबारे समाचार प्रकाशित गरेको थियो । केही समय पहिला शिक्षा शाखाका प्रमुख नजराज खडगाले चाडै पालिकाबाट बजेट निकासा हुने जानकारी गराएको थियो तर महिनौं बित्दा समेत विद्यालयहरुले खाजा वापतको रकम पाएका छैनन् ।
प्रतिक्रिया