कञ्चनपुर, फागुन १२ गते । सपतरीको कञ्चनरुप नगरपालिकामा ९ महिनादेखी १५ बर्ष मुनिका १७ हजार ९ सय बालबालिकाका लागि आजदेखी दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ ।
कञ्चनरुप नगरपालिकाका स्वास्थ्थ्य शाखा सहसंयोजक डम्बर प्रसाद गुप्ताका अनुसार पालिका विद्यालय,स्वास्थ्य चौधरी लगायत ५७ ठाउँमा खोप केन्द्र मार्फत खोप अभियान संचालन हुने बताए । उनले भने , पालिकाका १२ ओटै वडामा फागुन १३गतेदेखी १७ गतेसम्म खोप अभियान संचालन हुनेछ । ’
मधेश प्रदेशमा लक्षित उमेर समूहका करिब २० लाख बालबालिकाका लागि दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ नाराका साथ फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा प्रदेशका १९ लाख ४७ हजार १४२ जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार खोप लगाइने लक्षित उमेर समूहमा ९ महिनादेखि ५ वर्ष उमेरका ५ लाख ६० हजार २२ तथा ५ देखि १५ वर्ष उमेरका १३ लाख ८७ हजार १२० बालबालिका छन् ।
अभियानअन्तर्गत ८ वटै जिल्लाका १३६ स्थानीय तहमा ११ हजार ३४६ खोप केन्द्र निर्धारण गरिएको मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा राजीव झाले बताउनुभयो । खोप अभियानलाई सहज, सुलभ र प्रभावकारी ढङ्गमा सञ्चालन गर्न प्रदेशभर खोप कार्यकर्ता तथा स्वयंसेवक गरी ३१ हजार १६८ जना जनशक्ति परिचालन गरिएको छ ।
यसअघि एक हजार ५३० जना स्वास्थ्य संस्था प्रमुखहरूलाई योजना तर्जुमा गोष्ठिमार्फत् निर्देशनालयले सङ्क्रामक एवम् प्राणघातक रोग दादुरा–रुवेला विरुद्ध खोपको आवश्यकता, महत्त्व र समुदायमा निर्वाह गर्नु पर्ने भूमिकाबारे प्रशिक्षण दिएको थियो ।
नेपालले विश्व सामु सन् २०२६ सम्म दादुरा रुवेलामुक्त राष्ट्र बनाउने प्रतिबद्धता गरेको छ । यसैलाई पच्छ्यादै आउँदो असार १४ गते मधेश प्रदेशलाई पनि पूर्ण खोप प्रदेश घोषणा गर्ने लक्ष्य रहेको प्रदेश स्वास्थ्य निर्देशक डा झाले बताए ।
अर्कोतर्फ मधेश प्रदेश दादुरा र रुवेलाको सर्वाधिक जोखिममा रहेको प्रदेश भएको विगतका घट्नाक्रमहरुले देखाएका छन् । मुख्यतया यहाँका ग्रामीण भेग दादुराको प्रकोपले आक्रान्त हुँदै आएको छ । अहिले खोप लगाउन छुटेका बालिकाबाट पछि जन्मने बच्चामासमेत रुवेला सङ्क्रमणको जोखिम रहने भएकोले खोप अभियानलाई सफल बनाउनु सबैको दायित्व भएको निर्देशक डा झाले बताए ।
यसैलाई दृष्टिगत गर्दै खोप तालिकाअनुसार खोप नपाएका २ वर्षमुनिका बालबालिकालाई समेत छुट भएका नियमित खोप पनि यो अभियानसँगै लगाइने तयारी गरिएको डा झाले जानकारी दिए ।
स्थानीय तहहरूले पनि कुनै बालबालिका दादुरा–रुवेलाको जोखिममा नपरून् भनी खोप अभियान सञ्चालनमा जुटेको दाबी गरेका छन् । खोप अभियानबाट लक्षित उमेरका कुने बालबालिका छुट्ना नपाओस् भनी नगरपालिकाले वडादेखि टोल बस्तीसम्म प्रचार प्रसारका र सचेतीकरण अभियानलाई तीव्रता दिनुपर्नेमा कञ्चनरुप नगरपालिकाले खोप अभियानबारे कुनै प्रचार प्रसार गरेको छैन ।
प्रतिक्रिया