पहिचानको आधारमाप्रदेशहरुको पुनःनामाकरणगर्न जसपा अध्यक्ष उपेन्द्र यादवको माग

  • फाल्गुन १२, २0८0
  • 0
...

ललितपुर १२, फागुन । जनता समाजवादीपार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनःनामाकरण हुनु पर्ने माग गरेका छन्।
देशव्यापीजनताको मागलाई बेवास्ता गरी सरकारले पहाडनदीखोलानालाको नाममाप्रदेशको नामाकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे । 
शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादीतामाङ संघले आयोजना गरेको नयाँवर्ष सोनम् ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै पहिचानकाआधारमाप्रदेशलाई नामाकरणगर्न सरकारले ढिलाई गर्न नहुने बताए ।
‘जनताको मागएकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममाप्रदेशको नामाकरण गर्यो, त्यो हामीलाई मान्य छैन’, जसपाअध्यक्षयादवले भने,– ‘नामाकरणको बिषयमामधेश प्रदेश बाहेक सबै प्रदेशमा चरम असन्तुष्टि छ, सरकारलेयसलाई समय छँदै सम्बोधनगर्नुपर्छ ।’
‘पहिचानकालागिपूर्वी नेपालमाजारी आन्दोलनलाई जनताको मागअनुसार सम्बोधन गर्नु पर्नेमा जोड दिँदै उनले मधेश बाहेक बाकी ६ वटै प्रदेशमा पहिचान आधारित पुनःनामाकरणको आन्दोलनले बिष्फोटक रुप लिन सक्ने दाबी गरे । 
मधेशका जनताको ठूलो संघर्ष र बलिदानीले मात्रै सो प्रदेशको नाममधेश प्रदेश सम्भव भएको स्मरण गर्दै उनले पहिचानको मागलाई बेवास्तानगर्न सरकारलाई सचेत गराए ।
मधेशी, आदिवासीजनजाति, दलित, सीमान्तकृत जनताले अधिकार र पहिचानकालागि संयुक्त रुपमा संघर्ष गर्नुपर्नेमाउहाँले जोड दिए । ‘एक्लै लडेर हुँदैन, अधिकार प्राप्तिकालागि सबै उपेक्षितजनता एक ठाउँमाउभिनुपर्छ’– उनले भने ।


 

प्रतिक्रिया