रामनाथ राम
राजविरा,फागुन १३ गते ।
बिएमजेड र डब्लूएचएचको आर्थिक तथा प्राविधिक सहयोगमा पोषणयुक्त नमुना गाउँ परियोजनाको अगुवाईमा र राजगढ गाउँपालिका तथा फरवार्ड नेपाल,महुली सामुदायिक विकास केन्द्र सप्तरी, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाद्वारा आयोजित १ दिने खाद्य तथा पोषण प्रदर्शनी मेला सम्पन्न भएको छ ।
आईतबार राजगढ गाउँपालिका नगर प्रमुख ओम प्रकाश मण्डलका सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । मातृ तथा बाल स्वास्थ्य र पोषण सम्बन्धि हाम्रो व्यवहारमा सकारात्मक परिवर्तन गरि पोषणको अवस्थालाई सुधार गर्नु मेलाको मुल उद्देश्य रहेको छ । यस अन्तर्गत बहुआयामहरू पर्दछन जस्तै कृषि प्रणाली, सरसफाईका अभ्यास, पोषिलो तथा बिबिधता मुलक खाना खाने अभ्यास पोषणको अवस्था बुझ्न आवस्यक र नियमित स्वास्थ्य संस्थामा वृद्धि अनुगमन गर्ने जस्ता अभ्यासहरू छन् । यी अभ्यासहरुलाई यस मेलामा रहेका विभिन्न स्टलहरू तथा अरु पोषण सम्बन्धि रोचक नाटकका मार्फत जनचेतना पुर्याउनु रहेको थियो ।
फरर्वाड नेपालका कार्यक्रम अधिकृत अमित यादबका स्टलहरूबाट बाल विकास मनिटर (मोबाइल अनुप्रयोग)बाट बृद्धि अनुगमन गर्ने तरिकाका प्रर्दशनी, पांच वर्ष मुनिका कुपोषित बालबालिकालाई समुदाय स्तरमा सुपोषित बनाउने प्रमाणित बालमैत्री ७ ओटा खाद्य रेसेपीको प्रदर्सन साथै फर्सीको खीर पकाएर खुवाएको थियो ।
यादबका अनुसार खानेकुराको पिरामिडका साथै दस खाद्य समुहका प्रदर्सन, स्थानीय संरक्षित बिउहरुको प्रदर्सनी,कृषक समुहले कृषि औजार तथा मिश्रित खेती र चङ्गा खेतीका झलक, राम्रो बानि तथा खराब बानिका खेल, पोषण संवेदनशील सुक्ष्म योजना बाट उपलब्धि साझा,कृषि, प्राकृतिक स्रोत व्यवस्थापन र खानेपानी, सरसफाई तथा स्वच्छतासँग पोषण सुरक्षाको अन्तरसम्बन्धका बारेमा साझा साथै मुंगा का परिकार मध्य सर्बतका प्रदर्सन गरिएको थियो ।
प्रतिक्रिया