कञ्चनरुपमा दादुरा–रुवेला खोप अभियान सञ्चालन : पहिलो दिन करिब ३ हजारले लगाए खोप

  • फाल्गुन १३, २0८0
  • 0
...


किशोर पासवान
कञ्चनपुर,फागुन १३ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखा कञ्चनपुरले ६७ वटा खोप केन्द्र  मार्फत दादुरा–रुवेला खोप अभियान सञ्चालन गरेको छ ।
कञ्चनरुप नगरपालिकामा ९ महिनादेखी १५ बर्ष मुनिका  १७ हजार ९ सय  बालबालिकाका लागि आईतबारदेखी  ६७ वटा खोप केन्द्रबाट  दादुरा–रुवेला खोप अभियान सञ्चालन गरेका हुन् ।
कञ्चनरुपका स्वास्थ्य शाखा  सह संयोजक डम्बर प्रसाद गुप्ताका पहिलो दिन करिब ३ हजार बालबालिकाहरुले खोप लगाएका छन् ।
अभियानअन्तर्गत १२ वटै वडाका सामुदायिक  र निजी विद्यालय,स्वास्थ्य चौकीमा खोप केन्द्र राखिएको छ । खोप अभियानलाई सहज, सुलभ र प्रभावकारी ढङ्गमा सञ्चालन गर्न पालिकाभर खोप कार्यकर्ता तथा स्वयंसेवक गरी २५७ जना जनशक्ति परिचालन गरिएको छ ।
सङ्क्रामक एवम् प्राणघातक रोग दादुरा–रुवेला विरुद्ध खोपको आवश्यकता, महत्त्व र समुदायमा निर्वाह गर्नु पर्ने भूमिकाबारे प्रशिक्षण दिएको थियो । 
नेपालले विश्व सामु सन् २०२६ सम्म दादुरा रुवेलामुक्त राष्ट्र बनाउने प्रतिबद्धता गरेको छ । यसैलाई पच्छ्यादै आउँदो असार १४ गते मधेश प्रदेशलाई पनि पूर्ण खोप प्रदेश घोषणा गर्ने लक्ष्य रहेको  छ ।
अर्कोतर्फ मधेश प्रदेश दादुरा र रुवेलाको सर्वाधिक जोखिममा रहेको प्रदेश भएको विगतका घट्नाक्रमहरुले देखाएका छन् । मुख्यतया यहाँका ग्रामीण भेग दादुराको प्रकोपले आक्रान्त हुँदै आएको छ । अहिले खोप लगाउन छुटेका बालिकाबाट पछि जन्मने बच्चामासमेत रुवेला सङ्क्रमणको जोखिम रहने भएकोले खोप अभियानलाई सफल बनाउनु सबैको दायित्व भएको सह संयोजक गुप्ताले बताए ।
स्थानीय तहहरूले पनि कुनै बालबालिका दादुरा–रुवेलाको जोखिममा नपरून् भनी खोप अभियान सञ्चालनमा जुटेको दाबी गरेका छन् । खोप अभियानबाट लक्षित उमेरका कुने बालबालिका छुट्ना नपाओस् भनी नगरपालिकाले वडादेखि टोल बस्तीसम्म प्रचार प्रसारका र सचेतीकरण अभियानलाई तीव्रता दिने गुप्ताले बताए । 
 कञ्चनरुप नगरपालिकाको वडा नं. १ मा स्वास्थ्य चौकी बैरवा,लक्ष्मी नारायण मा.वि,जनप्रिय सहकारी ईङ्गलिश स्कुल,वडा नं. २ मा सगरमाथा एकेडमी,एभरेष्ट एकेडमी,अधारभुत विद्यालय इस्लाम र २ वटा स्वास्थ्य केन्द्र, त्यस्तै वडा नं. ३ मा स्वास्थ्य चौकी बरमझीया,राष्ट्रिय प्रा.वि. बनरैत टोल,शंकर मा.वि. सुब्बाटोल,दलित रा.प्रा.वि. तत्मा टोल, लोटस ई.से. बरमझिया,प्र.सा.सा.स्वा.र प्र.सा.सा.स्वा.के.सदा टोल, वडा नं ४ मा स्वास्थ्य चौकी जगतपुर,बबाजी अखडा भाडहा,रा.आ.वि. जगतपुर,रा.प्रा.वि. कविलासा,रा.प्रा.वि. बकाल,स्वा.चौकी भवन,वडा नं ५ मा स्वास्थ्य चौकी पिप्रापूर्व,न्युजेमियर स्कुल पिप्रा,रां.प्रांवि,भगवती रां.प्रा.वि. पथरी, वडा नं ६ मा स्वास्थ्य चौकी घोघनपुर,रा.प्रा.वि जमुवा,श्री जनजागरण,मदरसा,महेन्द्र मा.वि. बलुवा सीतापुर,स्वास्थ्य चौकी भवन, त्यस्तै वडा नं ७ मा स्वास्थ्य चौकी धरमपुर,भृकुटी मा.वि.लगायत ५ ठाउमा संचालन रहेको,वडा नं ८ मा कंचनपुर नगर अस्पताल,पिस एन्जेल स्कुल,बालबोध सेकेन्डरी स्कुल,चिल्ड्रेन,इन्टरनेशनल,पब्लिक आधारभुत, मदरल्यान्ड, माउन्टएभरेष्ट, बडा नं. ९ मा आर डि मेमोरियल बो. स्कुल,विष्णु मन्दिर,सिधिपुर डिहवार स्थान,सुन्दरी रा.प्रा.वि,हे.पो. रघुनाथपुर, वडा नं. १० मा स्वास्थ्य चौकी बदगामा,जनता आधारभुत वि.बदगामा,रा.प्रा.वि. भोडहा,श्री ब्राईटपmयुचर ई. बो. स्कुल,सोरयाही मुसहरी,वडा नं ११ मा स्वाथ्य चौकी ठेलिया,डम्वर देव ीआ.वि. बेङ्गरी,भुवन मा.वि ठेलिया,प्रिमरोज ई. बो. स्कुल बक्साहा,द्र्गा आ. वि.सिमरा, र वडा नं. १२ मा स्वास्थ्य चौकी रुपनगर,रा.आ. वि. बस्तिपुर,खोप केन्द्र धरमपुर,लिटिल फलावर बो. स्कुल लगायतका स्थानमा  खोप केन्द्र संचालन गरेको कञ्चनरुपका स्वास्थ्य शाखा  सह संयोजक डम्बर प्रसाद गुप्ताले जानकारी दिएका छन् ।

प्रतिक्रिया