किशोर पासवान
कञ्चनपुर,फागुन २३ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरमा बुधबार टिपरको ठक्करबाट ब्यापारी अशोक साहको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्र २–०१–०० प ९६३४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको क १ ख ८६३ नम्बरको टिपरले ठक्कर दिँदा साहको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनरुप नगरपालिका ९ निवासी ५० बर्षिय अशोक साह रुपनगर चौकको पुराना ब्यापारीमध्येका एक हुन् । साह सप्तरीकै प्रतिष्ठित व्यापारी रहेका थिए ।
ब्यापारीको मृत्यु भएको बिरोधमा स्थानीयबासी र मृतकका आफान्तहरुले २ घण्टा देखि रुपनगर चौकमा टायर बालेर सडक जाम गरि प्रदर्शन गरेका थिए । पीडितले उठाएको माग बमोजिम टिपर चालकलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक अवरुद्ध खुलेको छ ।
यता कञ्चनरुप ब्यापार संघका सचिव शशी साहले शोक सन्देश जारी गर्दै बिहीबार १२ बजेसम्म व्यापार व्यवसाय बन्द गर्न अह्वान गरेका छन् ।
यस कञ्चनरुप नगरपालिकाका व्यापारी अशोक किराना पसलका संचालक अशोक साहको सडक दुर्घटनामा असमायिक निधन भएकोमा कञ्चनरुप व्यापार संघ परिवार मर्माहत भएको छ ।‘ विज्ञप्तिमा भनिएको छ,‘ शोकको यसघडीमा कञ्चनरप व्यापार संघ परिवार उहाँप्रति भावपूर्ण हार्दिक श्रदाज्जली तथा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै परिवारमा धैर्य धारण गर्ने इश्वरले शत्तिः प्रदान गरुन । साथै यस दुःखद घडीमा २४ गते बिहीबार नपा भित्र रहेका सम्मपूणै व्यापारी वर्गमा दिनको १२सम्म पसल बन्द गरि दिनहुन आर्दिक अनुरोध गरिन्छ ।’
प्रतिक्रिया