शिव प्रसाद आचार्य
फत्तेपुर, असोज २६ गते । बिजया दशमी,शुभ दिपावली तथा छठ पर्वको अबसरमा विश्वकर्मा उत्थान सामाज सप्तकोसी नगरकमिटीले शनिवार फत्तेपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
रामावि फत्तेपुरको प्राङ्गणमा सम्पन्न कार्यक्रम बोल्दै प्रमुख अतिथी प्रदेश सासद सत्यनारायण मन्डलले विश्वकर्मा पुजाको दिनलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गरि बिदाको ब्यबस्था गरिने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्डलले विजया दशमीले सबै नेपालीको सोचमा सकारात्मक परिवर्तन होस भन्ने शुभकामना दिए ।कार्यक्रम मा बोल्दै विशिष्ट अतिथी सप्तकोसी नगरपालिका कि उप मेयर आशा चौधरीले सबै जातजातिको उत्थान हुनु जरुरी भएको बताइन।
कार्यक्रममा कञ्चनरु नगरकमिटी सन्योजक डिक बहादुर बिक,सुरुङाका सन्योजक आशाराम बिक,खडकका सन्योजक राम अबतार बिक,सप्तकोशी नपाका कार्यपालिका सद्स्य लाल बहादुर बिक,नेकपाका लेखनाथ घिमिरे ,विश्वकर्मा उत्थान समितिका नागेश्वर बिश्व्कर्मा,बालेश्वर बिश्वकर्मा,शिक्षक राकेश विश्वकर्मा, शिक्षा प्रेमी रबिन्द्र नाथ कर्ण,संघीय समाज बादीका नेता रामकुमार यादब,विश्वकर्मा उत्थान समाज का केन्द्रिय अध्यक्ष राजेन्द्र विश्वकर्माले शुभकामना मन्त्ब्य व्यक्त गरेका थिए। समाजका सप्तकोसी नगरकमिटीका सन्योजक प्रकाश विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन पत्रकार राजु विश्वकर्माले गरेका थिए ।
प्रतिक्रिया