जसपाबाट उपेन्द्र यादब उपधानमन्त्री सहित स्वास्थ्य र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रीका रुपमा लिए सपथ,आजै कार्यभार सम्भाले

  • फाल्गुन २७, २0८0
  • 0
...

काठमाडौं, फागुन २७ गते । शीतलनिवासमा आइतवार बिहान आयोजित विशेष समारोहबीच जनता समाजवादी पार्टीका राष्«िटय उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिएका छन् ।
जसपा अध्यक्ष यादवले आइतवार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिपरिषद्मामा सहभागी भएका छन् । अध्यक्ष यादबसँगै जसपाकै नवलकिशोर साह सुडीले वन मन्त्रीका रूपमा शपथ लिएका छन् ।
यससँगै वर्तमान मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीको संख्या ४ पुगेको छ । नेकपा (एमाले) सचिव रघुवीर महासेठ वरीयताको पहिलो नम्बरमा छन् । उनले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
जसपाका २ मन्त्री थपिएसँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको छ । सबै मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् । अब केही राज्यमन्त्री थप्न सक्ने कोटा मात्र बाँकी छ । योसँगै मन्त्री परिषद्को संख्याको २२ पुगेका छन् ।
 

प्रतिक्रिया