वन मन्त्री साह सप्तरी टेकेकै दिनदेखी जिल्लावासीले पाउन थाले सुलभ दरमा सालको काठ

  • चैत्र ९, २0८0
  • 0
...


राजविराज, चैत ९  गते । नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवलकिशोर साहलाई गृह जिल्ला आएकै दिनदेखी सप्तरीबासीले सखुवाको काठ सुलभ दरमा पाउने व्यवस्था गरेको छ ।
गृह जिल्ला आएका मन्त्री साहले राजविराज स्थित गजेन्द्र चौक पुगेर स्वर्गीय  गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेपछि राजविराज ८ स्थित  डिभिजनल वन कार्यालयद्वारा आयोजित  काठ विक्री डिपो उद्घाटन गरे ।
नेपाल बन काठ डिपोको उद्घाटन गरेपछि अब सप्तरीको स्थानीय बासीले चार हजार ३सय ५० रुपैया प्रति कुय्बी फिट सालको काठ शुक्रबारदेखी बिक्री कार्य सुरुवात भएको छ । मन्त्रालयको पहिलो निर्णय अनुसार सप्तरी जिल्लामा बन डिपो कार्यलय उद्घाटनले जिल्ला बासीमा सस्तो र सुलभ रूपमा सालको काठ पाउने मन्त्री  साहले बताए । उनले भने,‘ म जनता मतबाट सरकारमा गएको छु,सधै सेवक भएर काम गर्छु । ’ मन्त्री साहले वनसंग सम्बन्धित  समस्या सबै पुरा गर्नै प्रतिवद्धता जनाएका थिए । 
डिभिजन वन अधिकृत सुभाषसिंहको अध्यक्षतामा आयोजित डिपो उदघाटन कार्यक्रमा पहिलो दिन काठ खरिद गर्नै पाण्डु रजकलाई मन्त्री साहले विल हस्तान्तरण गरेका थिए । कार्यक्रममा पुर्व कृषि मन्त्री मृगेन्द्र सिंह यादवको समेत उपस्थिती रहेका थिए ।
मन्त्री साहलाई जिल्लामा भव्य स्वागत :
मन्त्री बनेपछि पहिलोपल्ट गृह जिल्ला आएका उनलाई राजविराज बिमानस्थलमा पार्टीका नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् । मन्त्री नियुक्त भएपछि हवाई मार्गबाट पहिलो पटक गृह जिल्ला आएका मन्त्री साहलाई जसपा नेताकार्यकर्ताहरुले राजविराज विमान स्थलमा शुक्रबार स्वागत गरेका हुन् । 
जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा हजारौंको संख्यामा विमान स्थल पुगेका जसपा नेताकार्यकर्ताले मन्त्री साहलाई फुलमाला, खदा लगाएर स्वागत गरे । मन्त्री साहसंगै आएका पुर्वमन्त्री मृगेन्द्र सिंह यादवलाई समेत नेताकार्यकर्ताले माला अविर लगाएर स्वागत गरे । 
उक्त अवसरमा पार्टीका कार्यकारिणी समिति सदस्य, राजनीति समिति सदस्य, केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरु,जिल्लाका पदाधिकारी तथा जिल्ला सदस्यहरु, विभिन्न पालिकाका पार्टी अध्यक्ष तथा पदाधिकारी, विभिन्न भातृसंगठनका केन्द्र तथा जिल्ला पदाधिकारीहरुलगायतका पार्टीका समर्थक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । 
बन मन्त्री साह जसपा सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित होलि पर्वको शुभकामना आदानप्रदान कार्यक्रम तथा आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा सरिक भई काठमाडौ फर्किने कार्यक्रम रहेको जसपा सप्तरीले जनाएको छ । 
 

प्रतिक्रिया