सुसिन्द्र पासवान
कञ्चनपुर,चैत्र १० गते ।
नेपाल सरकारको नवनियुक्त वन तथा बताबरण मन्त्री नवलकिशोर साह(राम बाबु)ले आपूm कोशी टाप्पु क्षेत्रका जनताको समस्याबारे जानकार रहेकाले समाधानका लागि काम गर्ने बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल कञ्चनरुप नगरपालिकाद्वारा आयोजित सम्मान तथा होलि पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री साहले सो कुरा बताएका हुन् । अर्ना,भैसी लगायत आरक्षका जनावरका कारण कोशी क्षेत्रका जनताहरुको सयौं विगहा खेत बाझो रहने गरेको बताउँदै मन्त्री साहले आरक्ष घेरा बेराका साथै यस क्षेत्रको जनताहरुको आर्थिक उपार्जनमा सहयोग पुग्नेगरी काम गर्ने बताए ।
कार्यक्रममा जसपाका प्रदेश कमिटि सदस्य भोला पासवानले सप्तरी क्षेत्र नम्बर १का जनताको मुख्य समस्या समाधान गर्ने मन्त्रालयको रुपमा वन तथा वातावरण मन्त्रालय रहेकोले जनताले महसुस गर्ने गरी काम गर्नुपर्ने बताए । उनले भने,‘ यस क्षेत्रको जनताका लागि काम गरेर देखाउन महत्वपूर्ण जिम्मेबारी र उपयुक्त समय हो । जनताले आफनो क्षेत्रका सांसदप्रति गर्व गर्नेगरी काम सुरु भइकमो छ ।’
वन तथा वातावरण मन्त्रालयलको जिम्मेबारी पाएर जिल्ला आएको दिनदेखी सप्तरीबासीले सर्वसुलभ रुपमा काठ उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो जिल्लाको लागि यो महत्वपूर्ण उपलब्धी हो । प्रदेश सदस्य पासवानले भने,‘ विगतमा पनि काम गरेर जनताको मन जितेका मन्त्री साहले अहिलेको परिस्थितीमा समेत जनहितमा काम गरेर पार्टीलाई बलियो बनाउन सहयोग गर्ने बताए ।
नेपाल सरकार को नवनियुक्त वन तथा बताबरण मन्त्री मा. नवलकिशोर साह(राम बाबु) को प्रमुख आतिथ्यता र नगर अध्यक्ष सुदम्बर यादवको अध्यक्षता साथै चितरन्जन यादवद्वारा संचालित कार्यक्रममा जसपाका जिल्ला कार्यकरणी सदस्य रामेश्वर यादब,कञ्चनरुप १का वडाअध्यक्ष रब्बान खाँन,१०का वडाअध्यक्ष दामोदर खड्गा,जसपा नगर उपाध्यक्ष कल्पना चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्त्री साहलाई कञ्चनरुप नगरपालिका नेता तथा कार्यकर्ताहरुले भव्य रुपमा स्वागत र सम्मान गरेका थिए ।
प्रतिक्रिया