बालबोधबाट एसईई दिने बिद्यार्थीहरुलाई बिदाई : कञ्चनरुपमा गुणस्तरीय शिक्षाका लागि बालबोधको भूमिका महत्वपूर्ण

  • चैत्र १0, २0८0
  • 2
...

कञ्चनपुर,चैत्र १० गते ।  सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित बालबोध सेकेन्ड्री स्कूलका कक्षा ९का विद्यार्थीहरुले कक्षा १०का विद्यार्थीहरुलाई एक कार्यक्रमबीच बिदाई गरिएको छ  ।
स्कूलका स्थापक प्रिन्सिपल संजय खड्गाको अध्यक्षता तथा समाजसेवी खिखर प्रसाद साहको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । 
स्कूलबाट ३० जना विद्यार्थीले अगामी चैत्र १५ गतेबाट सुरु हुने एसईई परिक्षामा सहभागी हुदैँछ । स्कूलका कक्षा ९मा अध्ययनरत विद्यार्थीहरुले भव्य कार्यक्रमबीच  एसईई परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई बिदाई गरेका थिए ।
कार्यक्रममा बोल्दै अवलोकित दैनिककम सम्पादक भोला पासवानले गुणस्तरीय शिक्षामा बालबोध स्कूलले राष्ट्रियस्तरमा दरिएको बताए । उनले भने,‘ बालबोधका विद्यार्थीहरु कोशी प्रदेशको बिराटनगरका नामी कलेजहरुमा टप मात्रै गरेका छैनन्,राष्ट्रियस्तरका कलेजहरुमा समेत नाम निकालेर विद्यालय र घर परिवारलाई गौरवान्वित गरेको छ ।’
सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनोज यादबले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको प्रगतिलाई थप उचाईमा लैजानु पर्ने बताए । कार्यक्रममा शिक्षक रमानन्द गोईत,नारायण खडका,निरज राउत,गौत्तम शरण,बुद्धिसागर चौधरी,मोहम्द अब्बदुलाह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्कूलका प्रिन्सिपल संजय खड्गाले कक्षा एकमा भर्ना भएका सय जना विद्यार्थीमा एसईईसम्म पुग्ने विद्यार्थी औसतमा ३० जना मात्र पुग्ने गरेको बताए । उनले भने,‘ अभिभावकले धेरै दुःख मेहनत गरेर बालबालिकामा लगानी गर्ने गरेको छ,विद्यार्थी राम्रो गरे विद्यालय र अभिभावकसँगै स्वयम विद्यार्थीको जीवन सहज हुन्छ ।’
 २०७८ सालको एसइइ ब्याचको विद्यार्थीले मधेश प्रदेशभरीको ६ सय १२ जना विद्यार्थीमा दोस्रो स्थानमा नाम निकाल्ने मञ्जु साहलाई प्रमुख अथिति खिखर प्रसाद साह,प्रिन्सिपल संजय खडगा लगायतले सम्मान गरेका थिए । कक्षा १०का निभ साह,युनिशा चौधरी,ज्योती खंग र हेमन्त साह लगायत विद्यालय परिवारलाई गुणस्तरीय शिक्षाका लागि गरेको लगानीका लागि धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संचालन शिक्षक अर्जुन बस्नेतले गरेका थिए ।
 

प्रतिक्रिया

PwFIcypkaNYReDKs

२0८१ जेष्ठ २८ गते १५:४६

RneACaLo

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

PwFIcypkaNYReDKs

२0८१ जेष्ठ २८ गते १५:४५

RneACaLo

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes