किसानहरुको दुधको बक्यौता रकम निकासाको लागि संसदमा अवाज उठाए : वन तथा वातावरण मन्त्री साह

  • चैत्र ११, २0८0
  • 0
...


कञ्चनपुर,चैत्र ११ गते । 
नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवलकिशोर साहले किसानहरुको दूधको बक्यौता रकम तत्काल भुक्तानीका लागि आपूmले पहल गरेको बताएका छन् ।
आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था लि. महुली सप्तरीद्वारा आईतबार आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री साहले सो कुरा बताएका हुन् । मन्त्री साहले भने,‘महुली मोहनपुरका किसानहरुको दुधको भुक्तानीबारे संसदमा अवाज उठाउनुका साथै अर्थ र कृषि मन्त्रीसँग भेटेर समेत भुक्तानीका लागि पहल गरेको थिए,मलाई लाग्छ तत्काल ५० प्रतिशत भुक्तानी दिने कुरा पनि भएको छ ।’
अग्नीसाईर कृष्णासवरण गाउँपालिका अन्तगर्त महुलीका जनताहरुले मलाई आपार माया गरे संसदमा पठाएको छ,म जनताको ऋण तिर्न त सक्दिन तर मबाट हुने कामका लागि अधिकतम प्रयास गर्छु ।’ मन्त्री साहले भने,‘ विगतमा समेत ५ बर्ष प्रदेशमा मन्त्रालय चलाएर जनताका लागि मैलै विकास निमार्णका काम गरेको मूल्याकंनका  आधारमा मलाई जनताले पुन ः प्रतिनिधिसभामा पठाएको छ । म वन तथा वातावरणसँगै अन्य मन्त्रालयबाट समेत पहल गरेर विकासका लागि काम गर्छु ।’
आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्थाका कार्यवाहकअध्यक्ष प्रेमलाल श्रेष्ठको अध्यक्षता तथा  नेपाल सरकार को नवनियुक्त वन तथा बताबरण मन्त्री नवल किशोर साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कृष्णासवरण गाउँपालिका ६ का वडाअध्यक्ष अशोक आर्चाय,संस्थाका पूर्व अध्यक्ष भुवन आर्चाय लगायतले पालिकामा गर्नुपर्ने कामका बारेमा मन्त्री साहलाई जानकारी गराएका थिए । 
त्यसैगरी मन्त्री साहले आईतबार नै तिरहुत गा.पा.५ मा रहेको श्री ठाकुर बाबा वन तथा श्री बाबा बण्षखन्डी बन उपभोक्ता समितीद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएका थिए । समितिका अध्यक्ष सुरेश कुमार यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा  वडाअध्यक्ष रमानन्द चोधरीले  वन तथा बताबरण मन्त्री नवल किशोर साह (राम बाबू)लाई स्वागत तथा सम्मान गरेका थिए ।
सोहीदिन हनुमानगर कंकालिनी गाउँपालिका २ सकरदहीमा वडाअध्यक्ष सन्तोष कुमार गोइतको अध्यक्ष तामा मन्त्री साहको सम्मान कार्यक्रम सम्मपन्न भएको छ । 
 

प्रतिक्रिया