‘डस्वीन’को फोहर न उठाएपछि चौक चौरहा दुर्गन्धित

  • आश्विन २८, २0७६
  • 0
...

अवलोकित समाचारदाता
कञ्चनपुर, असोज २८ गते ।
कञ्चनरुप नगरपालिकाले नगरको विभिन्न ठाउँमा राखेको ‘डस्वीन’मा सर्वसाधारणले प्mयालेको फोहर न उठाएपछि चौक चौरहा दुर्गन्धित भएका छन् ।
    नगरको कञ्चनपुर,सिमरा , बलुवा, मलेठ,महादेवपट्ठी,रुपनगर लगायतको ठाउँमा राखिएको डस्वीनको फोहोर दुर्गन्धले समस्या सर्जना गरेको छ ।
    नगरपालिकाले कसैको पसल अगाडी नै डस्वीन राखिदिएकोले कतिपयलाई व्यापार व्यवसाय गर्न पनि मुश्किल भएको छ । दशैंमा दुर्गा पूजा हुने ठाउँमा समेत फोहर थुपारिएको थियो । ‘ पटक पटकको हार–गुहारले एक दुईदिन संकलित फोहर  फोहर उठाइयो तर फेरी अवस्था उस्तै छ ।’ बेरियरका एक होटल व्यवसायीले भने,‘ नगरपालिका खाली जनताको रगत चुस्न बसेको जस्तो छ ,कञ्चनरुपभन्दा पछि नगरपालिका भएका सप्तकोशीमा फोहर व्यवस्थापन राम्रोसँग् भएको छ । तर हाम्रोमा जनप्रतिनिधिको गफै ठूलो ।’
    

संकलित फोहर कहाँ  फाल्ने ? नगरपालिका प्रमुख वसन्तकुमार मिश्राले भने, संकलित फोहर फान्ने ठाउँ छैन, को–कोसंग विवाद गरी राख्नु ? कोशिमा फयालनै नदिने, कसैको नम्वरी जग्गामा फयाकदा विवादै हुने डम्पीङ्गसाइड काम नलाग्ने छ ।’
    ‘केहि दिन पछि सबै ब्यवस्थीत हुन्छ । नगर भित्र रहेको फोहर म विहान सफा गर्न लगाउछु ।’ नगरप्रमुख मिश्रले भने,‘ फोहोरसँगै प्लाष्टिक समस्या बढी गम्भिर छ । प्लाष्टिक जलाएको धुवाले मानव शरीरमा  बढी असर गर्छ ।’
    कञ्चनरुप नगरपालिका वडा नं ११ का वडा अध्यक्ष जिव्रिलले नगर प्रमुखकै अगाडी भने,‘यो जिम्मेवारी तपाईको हो  फोहोर ब्यवस्थापन कसले गर्ने ?’
 

प्रतिक्रिया