कञ्चनपुर,चैत्र १४ गते ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बुधबार कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरी अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिमारी उपचार नगरी फर्काउने कार्य बन्द गर्न निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा मन्त्री यादबले उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बाल बालिका आइसियु बेड खाली नभएर वा मेसिन बिग्रेर जस्ता कुनै पनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्न निर्देशन दिएका हुन् ।
मन्त्री यादबले आइसीयु बेड थपेर वा सेवाबिस्तार गरेर भएपनि आइन्दा बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रबृत्ति अन्त्यगर्न निर्देशन दिइएको हो ।
सिटी स्क्यान, एमआरआई, एक्स रे जस्ता बिग्रेको अवस्थामा रहेका कुनै पनि मेसिन तत्काल बनाएर सेवा सुचारु गर्न समेत मन्त्री यादबले निर्देशन दिएका छन् ।
अस्पतालमा सञ्चालित फार्मेसीमा आवश्यक सबै प्रकारका औषधि तत्काल उपलब्ध गराउने, भित्रको फार्मेसीमा औषधि नपाएर बाहिर किन्नु पर्ने अवस्थाको तत्काल अन्त्य गर्ने र बिरामीले टिकट र रिर्पोट लिनको लागि घन्टौ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइनमैं रिर्पोट हेर्न वा डाउनलोड गर्न मिल्ने व्यवस्था तत्काल मिलाउने उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रशासनलाई अस्पतालमा रहेका ओटि र ओपिडी सेवालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्देशन दिएका छन् ।
प्रतिक्रिया