मधेशी दलित महिला पाँचौ तहको विभेद भोग्न बाध्य : फेडो संस्थापक अध्यक्ष दुर्गा सोब

...

जनकपुर,बैशाख १० गते ।
दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोबले मधेशी दलित महिला लैङ्गिक,भाषिक,क्षेत्रिय,वर्गिय,दलित महिला,त्यसभित्र पनि मधेशी दलित महिला भएका कारण पाचौं तहको विभेद भोग्न बाध्य भएको बताएकी छिन् । 
दलित महिला संघको आयोजनामा सोमबार जनकपुरमा आयोजित दलित महिलाको सशक्तीकरण र समावेशीकरणको सवाल विषयक प्रदेशस्तरीय कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सोबले सो कुरा बताएकी हुन् ।
सोमबारेदेखी सुरु भएको कार्यक्रममासमाजिक एवं राजनीतिक अभियन्ता समेत रहकी सोबले मधेशमा आपूmले विगत २५ बर्षदेखी गाउँबस्तीबाट मधेशी दलित महिलालाई संगठित गर्ने काम गरेको बताएकी हुन् ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यन्याधिवक्ता विरेन्द्र ठाकुरले संघीय सरकारले अझै पनि प्रदेश सरकारको अधिकार सूची भित्र रहेको अधिकार दिन नखोजेको बताए । उनले भने,तीन तीन महिना विना जानकारी सचिव फेर्ने संघीय सरकारले अझ मधेश प्रदेशले काम गर्न सकेन भनेर हल्ला गर्न नसुहाउने बताए ।
कार्यक्रममा दलित महिला संघकी केन्द्रिय अध्यक्ष कला स्वर्णकारले फेडोे सात ओटै प्रदेशमा दलित महिलाहरुको प्रदेशस्तरीय भेला मार्फत महिलाहरुले सामना गरिीरहेको समाजिक,आर्थिक,राजनीतिक र राज्यको स्रोतसाधनमाथिको पहुँचको कमीलाई हटाउनका लागि काम गरीरहेको बताएकी थिइन् ।
कार्यक्रममा उपराष्ट्रपतिका वातावरण तथा जलवायु विज्ञ चन्देश्वर सदाले दलितहरुले सांस्कृतिक रुपमा अधिकार सम्पन्न नभएसम्म समाजिक रुपान्तरण नहुने बताए । कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले दलित महिलाको समाजिक,आर्थिक,राजनीतिक र स्रोध साधनमा पहुँचबारे प्रस्तुती गरेका थिए ।कार्यक्रममा मधेश प्रदेशभरीका ८० जनाभन्दा बढी दलित महिलाहरुको सहभागिता रहेका छन् ।
दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले कुनै पनि राजनीतिक दल दलितको मुद्दाप्रति इमान्दार नभएको बताए । मधेश प्रदेश सरकारले पनि दलित सशक्तीकरण ऐन कार्यान्वयनमा समितिलाई सहयोग नगरेको आरोप लगाए । 
 उद्घाटन सत्रको अध्यक्षता संस्थाकी मधेश प्रदेश अध्यक्ष रिंकु मण्डलले गरेकी थिइन भने स्वागत धनुषाको अध्यक्ष किरण दास गरेकी थिइन् । कार्यक्रममा प्रदेश सदस्य पल्टीदेवी महरा,पूर्व मधेश प्रदेश सदस्य चमेलीदेवी दास,सुनिता मोची
कार्यक्रममा  फेडोका प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष,दलित महिला अगुवाहरु समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया