मन्नु पासवान
कञ्चनपुर,बैशाख १२ गते ।
कञ्चनरुप नगरपालिकाकी उप प्रमुखले सुचना उपलब्ध नगराएको भन्दै प्रमुख प्रशासकीय अधिकृत समेत नगरपालिकाको कार्यालय बिरुद्ध आईतवार अदालतमा रिट दायर गरेकी छिन ।
उप प्रमुख मुन्ना कुमारी पोखरेलले प्रशासकिय अधिकृत राम नारायण साह रौनियार र नगरपालिकाको कार्यालयलाई बिपक्षी बनाई उच्च अदालत जनकपुर राजविराज ईजलासमा साहले आप्mनो कानुन प्रदत अधिकार हनन गरेको र सुचनाको हकको ब्यापक खिल्ली उडाएको आरोप लगाउदै रिट गरेकी छिन ।
उनले भनिन जव नगरपालिका प्रशासनले उप मेयर जस्तो पद धारण गरेको ब्यक्तिलाई नियमानुसार सुचना माग्दा पनि दिदैनन भने सर्वसाधारण संग कस्तो ब्यबहार गर्छ होला ? भनि आश्चर्य ब्यक्त गरिन । उनले प्रमुख प्रशासकीय अधिकृत साहलाई तानाशाहको संज्ञा दिदै यो अधिकृत प्रशासक नभई क्रुर शासक रहेको आरोप समेत लगाईन । उनले अगाडी भनिन यस्ता अधिकृतबाट नगरको विकास र जनताको सेवा हुन सक्दैन ।
दायर रिटमा उप प्रमुखले अधिकृत समक्ष आर्थिक बर्ष २०८०÷०८१ भरीमा भएका कार्यपालिकाको बैठकको निर्णयहरुको प्रमाणित प्रतिलिपी, नगरपालिकाको नवौं नगरसभाबाट पारित बजेट तथा कार्यक्रम र योजनाहरुको प्रमाणित प्रतिलिपीेहरु गत चैत्र १२ गते अधिकृत साह संग माग गरेका थिए ।
अधिकृत साहले आलटाल गर्दै सुचना तथा विवरण उपलब्ध नगराए पछि उप मेयरले पुनः चैत्र २० गते निवेदन दर्ता गराउँदा पनि उपलब्ध गर्न नमान्दा अदालतमा रिट दायर गरेको उप प्रमुख पोखरेलले जानकारी गराईन ।
उनले नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण, ज्यालादारीमा कार्यरत कर्मचारीहरुको विवरण लगायत बिभिन्न सुचना तथा विवरण आफुले माग गरेको बताईन ।
नेपालको संविधान, २०७२ को धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आप्mनो वा सार्वजनिक सरोकारको कुनै पनि बिषयको सुचना माग्ने र पाउने हक हुनेछ भन्ने उल्लेख भएको र सोही ब्यबस्थाको कार्यान्वयनका लागी सुचनाको हक सम्बन्धी ऐन,२०७४ जारी भएको छ ।
सुचनाको हक सम्बन्धी ऐनकाृे दफा ३ को उपदफा (१)मा प्रत्येक नेपाली नागरिकलाई सुचनाको हक हुनेछ भन्ने उल्लेख गरिएको छ । सोही ऐनको दफा ३ को उपदफा (२) मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सुचनामा पहुच हुनेछ भन्ने प्रष्ट छन ।
स्मरण रहोस राष्ट्रिय सुचना आयोगले सुचना उपलब्ध नगराएकोले २०७९ फाल्गुन २५ गते यस कञ्चनरुप नगरपालिकाकी तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई १५ हजार रुपैया जरिवाना संगै चेतावनी दिएका थिए ।
प्रतिक्रिया