कञ्चनपुर,बैशाख १२ गते ।
हावाहुरी,वतास आएमा वा बर्षा भएमा हामी मानव तथा सम्पुर्ण प्राणीहरु घर बाहिर वा अन्यत्रबाट आ–आप्mनो घर वा सुरक्षित वासस्थान तिर जान्छौ । तर सुन्दा पनि अचम्भ लाग्ने एउटा यस्तो पनि गाँउ छ जहाका मानिसहरु हावाहुरी वा वतास आँउदा घर भन्दा बाहिर भाग्ने गर्छन ।
यस्तो अचम्भको गाँउ अन्त कही नभएर सप्तरीको कञ्चनरुप नगरपालिका मै छन र घर भन्दा बाहिर भाग्नु उनीहरुको कुनै रहर नभई बाध्यता हो, जहाँका सम्पूर्ण बालबच्चा, बुढाबुढी सहित सबैजना हावाहुरी,वतास आउने संकेत मात्र पाउदा ज्यान जोगाउन अतालिएर घर बाहिर भाग्ने गर्छन । बाहिर भाग्नुको कारण अरु केही नभएर बस्तीमै दुईवटा अजङ्गको बिशाल पिपलको रुखहरु हो ।
कञ्चनरुप नगरपालिकाको वडा नं.७ बलुवामा ३४ जना जनसंख्या भएको ५ घरपरिवार बसोबास गर्छन । उनीहरु सबैजना दलित अन्तर्गत पर्ने चमार (राम) हुन । त्यस बस्तीमा ३ बर्षका बच्चा देखि ७५ बर्ष सम्मका ज्येष्ठ नागरिक पनि छन । सबैको बाँस,स्याउलो, खर र जस्ताको छाना भएको छाप्रो जस्तो घर छ ।
जुन रुख हावाहुरी वा बतास आउदा लडेर वा रुखको हाँगा भाचेर हुने मानविय र भौतिक क्षतिको डर त्रास गाँउलेलाई सताई रहन्छ । नहुनु पनि कसरी, करिब २ बर्ष अगाडीमात्र हावाहुरीकै कारण रुख ढल्दा एक जनाको घर पुर्ण रुपमा भत्केका थिए ,त्यतिबेला धन्न कुनै मानविय क्षति भएको थिएन ।
उनीहरुलाई पिपलको रुखले कतिबेला आप्mनो ज्यान लिने हो भन्ने पिरले सताईरहन्छ । त्यहीका ७५ बर्षिय ज्येष्ठ नागरिक तेतर मोची भन्छन “ सुरु सुरुमा यो रुखले हामीलाई यसरी सताउछ भन्ने लागेकै थिएन, तर जसरी जसरी रुख बढदै गयो , हाम्रो चिन्ता पनि बढदै गयो ” । त्यस बस्तीमा तेतर मोचीको १२ जना , ४५ बर्षका सहिन्द्र रामको ५ जना, ५५ बर्षका शिवनन्दन रामको ६ जना, ४० बर्षका जगदेव रामको पनि ६ जना र ६२ बर्षका बैरशु रामको जनाको परिवारहरुको ३४ जना ब्यक्ति त्रासदीपुर्ण जिवन बिताउन बाध्य छन ।
प्रतिक्रिया