वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको शतक र नेपालको शानदार जित

...


अमित दास
कञ्चनपुर,वैशाख १५ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको पहिलो टी–द्दण् म्याचमा इतिहासिक जित हासिल गरेको छ। नेपालले वेस्ट इन्डिज ए टोलीलाई ४ विकेटले हराएर पाँच म्याचको सीरिजमा १–० को अग्रणी बनेको हो।
कप्तान रोहित पौडेलले नेपालका लागि शानदार शतक बनाएका थिए ।उनले ५४ बलमा ११२ रन बनाएका थिए। रोहित पौडेलले आफ्नो प्रदर्शनको बारेमा भने, “यो मेरो दिन थियो र यो काम गर्यो।“ उनले आउने खेलमा हाम्रो बलिङ्गल पावरप्ले मा सुधार गर्नेछौं भने। उनलाई म्यान अफ दि म्याच घोषित गरिएको थियो।
टि.यु किर्केट मैदानमा नेपालले टास जितेर पहिले फिल्डिङ रोजेको थियो। वेस्ट इन्डिज ए टोलीले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रनको लक्ष्य नेपाललाई दिएका थिए । ’वेस्ट इन्डिज ए’का लागि आलिक एथनेजले २५ बलमा ४७ रन बनाए र कप्तान रस्टन चेजले ४६ बलमा ७५ रन बनाएका थिए। नेपालका लागी कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेलल र अभिनास बोहोराले एक एक विकेट लिएका थिए र एउटा रन आउट भएको थियो।
नेपालले २०४ रनको लक्ष्य १९ ओभरम ४ बलमा  ६ विकेट गुमाउँदै चेज(पार) गर्न सफल भयो। उक्त इनिङमा अनिल साह ५(९) र कुसल भुर्तेल १६(१२) पावर प्लेमा आउट भएपछि दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलको ६४ रनको साझेदारी र पौडेलको शानदार शतकले खेललाई जितको नजिक पुराएको थियो।  जितको लागी अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा गुलसन झाले चौका प्रहार गरि नेपाललाई खेल जिताएका थिए। उक्त इनिङमा वेस्ट इन्डिज ए’का म्याथ्यु फोर्ड र ओबेड म्याक्कोय दुई दुई विकेट लिए र २वटा नेपाली खेलाडी रन आउट भएका थिए ।
नेपाल र पश्चिम इन्डिज ए टोलीका बीचको दोस्रो म्याच यही मैदानमा खेलिनेछ ।
 प्रशिक्षार्थी पत्रकार अमित दास रूपनगर क्याम्पसका विद्यार्थी हुन् ।

प्रतिक्रिया