मन्नु पासवान
कञ्चनपुर, बैशाख १५ गते ।
अङ्ग्रेजी माध्यमको शिक्षाको सुरुवात गर्ने अञ्चलकै दोस्रो ब्यक्ति भवानी सिटौलाको बुधबार भएको निधनले समाज संगै सिङ्गो जिल्लालाई अपूर्णिय क्षति भएको छ । उहाँको ७७ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । वहाँको बुवा पदमलाल सिटौला र आमा धनमाया सिटौलाको कोखबाट बि.स.२००४ साल बैशाख २७ गते तेह्रथुम जिल्लाको अठराईँ नगरपालिका वडा नं.१ मा साँईलो
छोराको रुपमा जन्मिनु भएको थियोे भने बि.सं.२०८१ साल बैशाख १२ गते कञ्चनरुप ८ स्थित आफ्नै निवासमा निधान भएको हो । तेह्रथुमको सम्पन्न परिवारमा जन्मिएका सिटौलाको ६ दाजुभाइ र ३ दिदिबहिनीहरु छ्न । वाणिज्य संकायमा स्नातक सम्मको शिक्षा हासिल गर्नु भएका भवानी सिटौलाको धर्मपत्नी रिता सिटौला हुन ।उनको एकमात्र छोरा अमित सिटौला जसले सिङ्गापुरको आरामदायी जीवन त्यागेर बुवाआमाको सेवा संगै बुवाले अङ्गालेको पेशामै आफुलाई समर्पित गर्नु भयो । अमितको शब्दमा यो एक पेशा मात्र नभएर समाजसेवा गर्ने र समाजको उत्थान बिकास गर्ने माध्यम पनि हो । उनको छोरा अमित संगै अंजना सिटौला बुढाथोकी ,सृजना सिटौला र अंजला सिटौला गरि ३ छोरीहरु छन भने सृष्टि पाण्डे एक्लि बुहारी हुन ।
नेपालमा प्रथम पटक जारी भएको शिक्षा ऐन २०२८ कार्यान्वयनमा रहेकै बेला भवानी सिटौलाले सगरमाथामाथा अञ्चलमै अंग्रेजी माध्यमको निजी बिधालयको आवश्यकता महसुस गर्दै बि.स.२०३८ सालमा सप्तरीको फत्तेपुरमा चिल्ड्रेन्स मोडेल स्कुल संचालन गरेका थिए ।देशमा छोराछोरीलाई पढाउनु पर्छ भन्ने चेतना समेत नरहेको अवस्थामा निजी त्यसमा पनि अंग्रेजी माध्यमको स्कुल संचालन गर्नु कुनै चानचुने कुरो नभएको कंचनपुरका शिक्षाप्रेमीहरुको भनाई रहेको छ । उक्त स्कुल कंचनपुर बजारमा संचालन गरे पश्चात् हाल कञ्चनरुप वडा नं.८ बेरियरमा रहेकोे आफ्नै निजि घरमा संचालन भइरहेको छ । उक्त चिल्ड्रेन्स स्कुलमा अध्ययन गरेका विद्यार्थीहरु समाजमा प्रतिष्ठित ओहोदामा छन् । वहाँको स्कुलमा अध्ययन गरेका कञ्चनरुप वडा नं.८ का जीवन सिंह संयुक्त राज्य अमेरिकामा ईन्जिनियर छन् भने कञ्चनरुप वडा नं.६ मलेठका सुनिल चौधरी पोखरा युनिभर्सिटीमा ईन्जिनियरिङ बिषयका प्राध्यापक छ्न ।
वहाँको पार्थिव शरीरलाई बिहिवार सप्तकोसी नदिमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । जिल्लाभरीका शिक्षा सम्बद्ध निजि बिधालयका संघ संगठनका पदाधिकारीहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिक्रिया