जनकपुर,बैशाख १६ गते ।
दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले आईतबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर कञ्चनरुप नगरपालिका ५ पडेमाराका आगलागी पीडितका मुख्यमन्त्री दलित अवास कार्यक्रम अन्तगर्त उक्त दलित बस्तीलाई एकिकृत नमूना बस्ती बनाउन माँग गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधाममा कार्यकारी निर्देशक पासवानले मुख्यमन्त्री यादबलाई
अग्नीपिडितलाई मधेश प्रदेश सरकारले विशेष राहत तथा अवासका एकिकृत नमूना बस्ती बनाउन लिखित रुपमै ध्यानकर्षण गराएको हो । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ५ पडेमरा सरदार टोलमा गत २०८१ बैशाख ९ गते आईतबारका दिउँसो आन्दाजी १ ः३० बजेको समयमा अचनाक आगलागि भएको सो आगलागिबाट १३ जनाको घरपरिवारको पुर्णरुपमा क्षति भएको,१ सामुदायिक भव पूर्णरुपमा जलेर नष्ट भएको तथा १२ जनाको घरपरिवारको आंसिक क्षति भएको हुदाँ तत्काल राहत उपलब्ध गराईदिन हुन अनुरोध गरेको हो ।
ध्यानकर्षण पत्रमा भनिएको छ,‘उक्त दलित बस्तीमा विगत दुई दशकमा ६ पटक भन्दा बढी आगलागी भईसकेको हुदाँ मुख्यमन्त्री दलित अवास कार्यक्रम अन्तगर्त उक्त दलित बस्तीलाई एकिकृत नमूना बस्तीको रुपमा निमार्ण गर्न समेत आग्रह गर्दछौं ।’ ध्यानकर्षण पत्रमा भनिएको छ,‘महोत्तरीको मटिहानीसँगै मधेश प्रदेशमा आगलागीबाट पीडित भएका घर परिवारलाई समेत मधेश प्रदेश सरकारकोतर्फबाट विशेष राहत घोषणा गर्न अनुरोध गर्दछौं ।’
मुख्यमन्त्री यादबले आगलागीबाट भएको क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयबाट समेत मगाएर तत्काल राहतको घोषणा गर्ने प्रतिबद्धता जनाएको पासवालने बताए । उनले भने,‘आगलागी पीडितका लागि विशेष प्याकेज ल्याउन मैले आग्रह गरे,मुख्यमन्त्री जीले सप्तरीको पडेमारा सहित आगलागी पीडितका लागि अल्पकालिन र दिर्घकालिन कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’
प्रतिक्रिया