राजविराज,बैशाख १७ गते ।
राजविराजमा संचालित केही ग्यास डिलरहरु पसलमा अनुगमन थालिएको छ।
गत आइतबार गुणस्तर तथा नापतौल कार्यालय विराटनगर द्बारा ग्यास डिलरहरुमा अनुगमन गरेको हो ।
उक्त अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगर , जिल्ला प्रशासन कार्यालय ,घरेलु तथा साना उद्योग,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रतिनिधि सहित संयुक्त टोलीवाट राजविराजमा संचालित केही ग्यास डिलरहरु अनुगमन कार्य सम्पन्न गरेका थिए ।
अनुगमनका क्रममा कुमार ग्यास स्टोर्स,राजविराज ७ सिरहा रोडमा रहेको कोशी ग्यास डिलर ,सोनु ट्रेडर्स राजविराज ३ मा रहेको रिजाल ग्यास डिलरमा कुनैमा कम र कुनैमा वढि देखिएको राष्ट्रिय अनुसंधान सप्तरी प्रमुख सुरेन्द्र कोइरालाले जानकारी दिए।
२ वटा कम र ४ वटामा वढी ग्यास भएकम सिलिण्डरहरु सिल गरिएको हो ।
त्यसैगरी हिमानी ट्रेडर्स राजविराज(७ मा रहेको कामाख्या डिलरका २९ वटा सिलिण्डरमा कम तौल पाईएकोले सिल गरिएको थियोे ।
पछिल्लो समय सप्तरी जिल्लाका विभिन्न खाद्यान्न पसलहरु र अन्यमा पनि अनुगमन कार्यलाइ तिव्रता दिइरहेको र जसको कारण उपभोक्ताको हक अधिकार सुनिश्चीत गर्न प्रशासनिक निकाय तल्लिन रहेको देखिएका हुन् ।
प्रतिक्रिया