कञ्चनरुप नगरपालिकाको बाहिरियो कालो कर्तूत , उप मेयरलाई सूचना दिएमा आफू सहित वडा अध्यक्षहरु फस्ने मेयर गुप्तालाई डर

...


मन्नु पासवान
कञ्चनपुर, बैशाख १८ गते ।
कन्चनरुप नगरपालिकाले सूचना मागेको ब्यक्तिलाई उपलब्ध गराए सबै वडा अध्यक्षहरु सहित मेयर अप्ठ्यारोमा पर्ने रहस्य पर्दाफास भएको छ ।
नगर उप प्रमुख मुन्ना कुमारी पोखरेल र प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह रौनियारका बिच अधिकृतको कार्यकक्षमा भएको गोप्य अडियो टेप अबलोकित दैनिकले फेला पारेको छ ।
उक्त टेपमा जनप्रतिनिधिहरुको कर्तुत र कालो अनुहार जनताका सामुन्ने आएको छ ।
उप मेयर पोखरेल र कार्यालय प्रमुख साहका बिच भएको  विवादमा धेरै गोप्य तथ्यहरु बाहिरिएको छ । उहाँहरुका बिच चर्काचर्की समेत भएको प्रष्ट अडियो टेपमा सुन्न सकिन्छ । 
अडियो टेपमा सुनिएको सम्बाद अनुसार प्रशासकीय अधिकृत आफ्नो कार्यकक्षमा बसिरहेको बेला उप प्रमुखको प्रवेश हुन्छ ।
प्रवेश हुनासाथ उप मेयरले एउटा निवेदनमा तोक लगाई दिन आग्रह गर्छन् र मैले मागेको सूचना तथा विवरण दुई महिना बितिसक्दा नदिनुको कारण सोध्छन् । प्रतिउत्तरमा अधिकृतले मैले यस बिषयमा कार्यपालिकामा कुरा राखेको गैरजिम्मेवार जबाफ दिन्छन् । 
उप मेयरले मैले वा जसले पनि सूचना तपाईं हाकिमसंग माग्ने हो र तपाईंले नियामानुसार उपलब्ध गराउनु पर्ने हो ,यसमा कार्यपालिका कहाँबाट आयो । मैले तपाईंसंग मागेको हो कार्यपालिका संग भनी प्रश्न गरेकी छिन । 
प्रमुख प्रशासकीय अधिकृतले मैले तपाईंलाई सूचना उपलब्ध गराए भने मलाई र नगरपालिकामा कार्यरत कुनै कर्मचारीलाई घाटा छैन ,वहाँहरु (मेयर ,वडा अध्यक्षहरु)लाई घाटा छ ।  मेयर लगायत सबै जनप्रतिनिधिहरु अप्ठ्यारोमा फस्ने हो । 
अघिल्लो कार्यपालिकाको बैठकमा उप मेयरलाई सूचना दियो भने सबै जना ( मेयर लगायतका जनप्रतिनिधि ) फस्ने भएकोले उप मेयरलाई सूचना दिनु हुँदैन भनी  मेयर ललन प्रसाद गुप्ताले अधिकृतलाई रोकेको हो ।
पोखरेलले मैले जनता संग गरेको बाचा पुरा गर्नु छ ,जनताबाट छनौट भएर आएको योजना छ कि छैन हेर्नू छ । त्यसैले मैले सूचना मागेको हो भन्ने सम्बाद टेपमा सुन्न सकिन्छ । 
कञ्चरुप नगरपालिका विगतका वर्षहरु बाट नै सर्वसाधारण जनतालाई सूचनाको हक बाट बन्चित गरिदै आएको तथ्य कोही कसैबाट लुकेको छैन । 
 कञ्चनरुप नगरपालिकामा  चालू आर्थिक वर्ष२००÷०१ मा जनताको योजनाहरुले कुनै महत्त्व र स्थान पाएको छैन । 
चालू योजनामा मेयर ललन प्रसाद गुप्ता र वहाँका आसेपासेलाई व्यक्तिगत लाभ हुने खालको योजनाहरु चोर बाटोबाट पारित गरि पालिकाको ईन्ट्री सुत्र समाबेश गरेको उप प्रमुखको आरोप छ । 
 कोही फसोस नफसोस वा म नै फस्छु मलाई मतलब छैन , मलाई सूचना चाहिन्छ । म जनताको लागि लड्ने मान्छे हो अरुको जस्तो घुस खाने ब्यक्ति होइन भन्दै  उप मेयर पोखरेलले सूचना पाउनु मेरो लगायत सम्पुर्ण सर्वसाधारण नेपाली जनताको अधिकार हो भने सूचना मागेको व्यक्तिलाई उपलब्ध गराउनु तपाईंको कर्तव्य हो । 
उप प्रमुखले म अरु कुरा जान्दैनन् मलाई आज एक घण्टा भित्र मैले मागेको सूचना र विवरण चाहिन्छ खुरुक्क ल्याउनुस भनी अधिकृत संग मागेका छन् ।
उप प्रमुख पोखरेलले उप मेयर जस्तो ब्यक्तिलाई सूचना दिनु हुन्न भने ५ दिन पछि तपाईं आफैंले कहाँ पुर्याउनु पर्छ मैले जानेको छु भनी सचेत समेत गराएकी थिईन । केहि दिन अगाडि पोखरेलले उच्च अदालत जनकपुर ईजलासमा मुद्दा  दायर गरेकी छिन  । जुन समाचार अबलोकित दैनिकले समाचार समेत सम्प्रेषण गरेको छ ।

प्रतिक्रिया

Abhishek Gupta

२0८१ बैशाख १८ गते ६:४९

अडियो सार्बजनिक गर्नु पर्दैन पत्रकार मित्र !

  • 0 Replies
  • 4 Likes
  • 0 Dislikes