महदेवामा भएको भिष्ण आगलागी राती ८बजेसम्म पनि पूर्ण रुपमा नियन्त्रण आएनन,सेना र सशस्त्र प्रहरी समेत परिचालन

...

अनिश शेख
कञ्चनपुर,बैशाख १८ गते ।
सप्तरीको महादेवा गाउँपालिका १ चिम्टी टोलमा मंगलबार दिउसोदेखी भएको भिषण आगलागी राति ८ बजेसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । 
दिउँसो एक्कासी भएको आगलागीमा परी करिब दुई सयभन्दा बढी घर,टहरा जलेर नष्ट भएको स्थानीयहरुले जनाएको छ । तिब्र गतिमा हुरी आएको समयमा आगलागी हुँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसी डुण्डीराज न्योउपानेले जनाएको छ । डिएसपी न्योउपानेले राती ८ बजेसम्म पनि आगो पूर्णरुपमा नियन्त्रणमा नआएको जनाएको छ । क्षति पूर्ण विवरण पनि आइ नसकेको प्रहरीले जनाएको छ । 
महादेवा गाउँपालिका १ वडा अध्यक्ष जयकिशोर दासका अनुसार शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले गाउँ नै स्वाहा भएको छ । उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका २ सय जति घर नस्ट भएको प्रारम्भिक जानकारी दिए । आगोलाई नियन्त्रणमा लिने प्रयास भैरहेको छ । राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिानी नगरपालिकाबाट आएको बारूण यन्त्रका साथै प्रहरी र स्थानीय आगो निभाउने काममा जुटेका छन् ।
महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो
सप्तरीको महादेवा गाउँपालिका–१ को बस्तीमा लागेको भीषण आगो निभाउन नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटाइएको छ । स्थानीय र नेपाल प्रहरीको टोलीले आगो निभाउन नसकेपछि स्थानीय प्रशासनले सेना र सशस्त्र प्रहरीलाई पनि खटाएको हो । आगो निभाउन ३ वटा बारुणयन्त्र प्रयोग गरिएको छ ।
 

प्रतिक्रिया