मन्नु पासवान
कञ्चनपुर,बैशाख १९ गते ।
आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मालिक तथा विभिन्न राजनैतिक दलमा आवद्ध कथित मजदुर संगठनहरुले मनाउदै छ । ती मजदुर संगठनहरुले आज देशभर ठुला ठुला कार्यक्रमहरुको आयोजना समेत गरिदै छ । तर जो वास्तविक मजदुर छन उनीहरुलाई मजदुर दिवस पनि हुन्छन् भन्ने सम्म थाहा छैन ।
एकातिर गैर मजदुरहरुले दिवस मनाई रहदा वास्तविक मजदुरहरु भने शोषित पीडित र प्रताडितका घटनाहरु प्राप्त भएका छन ।
कञ्चनरुप नगरपालिका वडा नं. ५ पडेमाराका सुरेश सदा गत माघ १२ गते मजदुरी गर्न भारतको हरियाणा प्रान्तको अम्वाला पुगेका थिए । सप्तकोसी नगरपालिका बस्ने मोहन मण्डल (राजधोव) ले राइस मिलमा काम छ भन्दै लगेका थिए । तर त्यहा गए पछि भनेको काम र दाम दुईवटै पाएनन् । दैनिक ८ घण्टा भनेर लगेकोमा दैनिकी १८ घन्टा काम गर्नु पर्ने बाध्यता त छदै थियो त्यसमाथि समयमा खान नपाईने र खाना पाएपनी नमिठो खाना पाईने । जसको कारण सुरेश सदा सहित सगै गएका मजदुरहरु समेत बिरामी हुन थाल्यो । सुरेश भने बिरामी परेर थला नै पर्यो । मिल संचालक र लगेको ठेकेदार मोहनले समेत सुरेशको न त औषधि नै गर्यो न त उपचार नै ग¥यो ।
१९ वर्षिया श्रीमती, डेढ वर्षीय छोरा र ७८ वर्षका वृद्ध आमाबाबुको लालनपालन गर्ने सपना बोकेर भारत पसेको अशोकको उपचार नभए पछी बिरामी परेको खबर घरमा आउँछन् ।
श्रीमती र वृद्ध आमाबुवाले कञ्चनरुप नगरपालिका वडा नं. ८ शिव शक्ति खाद्य उद्योगका संचालक बेचन गुप्ता संग १० हजार रुपैयाँ सापटी लिएर छिमेकी उमाकान्त सदालाई छोरा ल्याउन भारत पठाउछ ।
भारत पुगे पछि छिमेकी उमाकान्तले आफ्नो जमानतमा जसोतसो चैत्र १४ गते बिरामी अवस्थामा रहेका सुरेशलाई घर ल्याएका थिए । अशोकको स्वास्थ्य अवस्था झन बिग्रन थाले पछी १६ गते स्थानीय धर्मेश्वर हस्पिटल प्रा.लि.मा परिवारले उपचारका लागि भर्ना ग¥यो तर अवस्था नाजुक देखेपछि धर्मेश्वर हस्पिटलले राजबिराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल रेफर गरेको आमा संझा देवी सदाले बताईन ।
चैत्र १७ गते भर्ना भएको गजेन्द्रनारायण अस्पतालले पनि अशोकलाई उपचार गरेर कुनै फाइदा नहुने भन्दै घर लिएर जानु भनी डिस्चार्ज गरि दियो ।
अस्पतालले डिस्चार्ज गरेको एक घण्टा समेत नपुग्दै अस्पताल कै गेट अगाडि अशोक सदाको मृत्यु भएको अशोक पत्नी रेखा सदाले बताइन् ।
हालसम्म अशोकको परिवारले न ज्याला पायो न त कुनै क्षतिपूर्ति नै पायो त केवल दुख र पिडाले भरिएको जीवन ।
त्यस्तै कञ्चनरुप वडा नं.११ ठेलिया का राम नारायण सदा लगायत ९ जना मजदुर काम गर्न ठेकेदार संजय यादवको चंगुलमा परेर भारतको हरियाणा प्रान्त कै बागपुरको जयमाता पलाईवूड उद्योग पुगे । रामनारायण संगै छिमेकीहरु महेन्द्र साह,रवि,रमेश ,सिताराम,कृष्ण ,सत्यनारायण र रासपती सदा समेत मजदुरी गर्न भारत पुगेका थिए । त्यहाको अवस्था पनि त्यस्तै थियो ।जसोतसो ६ महिना काम गरेर ज्याला पनि नलिई घर फर्किन सफल भयो ।अहिले राम नारायण सदा सहित ९ जना मजदुरहरु ज्याला दिलाई दिनको लागि जिल्ला प्रशासन कार्यालय राजबिराज र जिल्ला प्रहरी कार्यालय सप्तरी धाइरहेका छ्न ।
कञ्चनरुप नगरपालिका कै वडा नं. ६ बलुवाका मनिष,अर्जुन ,निखिल,अक्षय र उमेश राम गरि ५ जना नगरपालिका कै वडा नं.८ बस्ने गोसाई यादवको प्रलोभनमा परि भारत गएर बन्धक बनेका थिए ।
उनीहरुको परिवारले ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा उजुरी गरे पछि दलित सरोकार मञ्च नेपालको पहलमा शनिबार मात्र घर फर्केका छ्न ।
यी घटनाहरु प्रतिनिधिमुलक घटना मात्र हुन । मजदुरहरु पीडित भएका ,प्रताडित बनेका र मृत्युवरण समेत गरेका यस्ता हजारौं घटनाहरु छ्न । जसबारेमा बोल्ने र आवाज उठाउने कुनै मजदुर संघ संगठनहरु छैनन् । यी र यस्ता मजदुरहरुको परिवारको दुखमा साथ दिने कोहि छैनन् , छन त केवल ठुला ठुला कार्यक्रम र भाषण गर्ने राजनैतिक दलहरूमा आवद्ध कथित मजदुर नेताहरू ।
प्रतिक्रिया
VKBmLvzDRFrlbnIt
२0८१ बैशाख २३ गते १५:५८
HNUadYkPgjoFXcwG
जवाफ दिनुहोस्
VKBmLvzDRFrlbnIt
२0८१ बैशाख २३ गते १५:५८
HNUadYkPgjoFXcwG
जवाफ दिनुहोस्
VKBmLvzDRFrlbnIt
२0८१ बैशाख २३ गते १५:५८
HNUadYkPgjoFXcwG
जवाफ दिनुहोस्