सुसिन्द्र पासवान
सप्तकोशी (फत्तेपुर),१९ बैशाख ।
दलित सरोकार मञ्च नेपालको पहलमा सप्तकोशी नगरपालिकाले दलित सशक्तप्करण ऐन २०७६ अन्र्तगत पालिकास्तरीय स्थानीय जातीय विभेद तथा अनुगमन समिति गठन भएको छ ।
मंगलबार सप्तकोशी नगरपालिकाको सभाहलमायुएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले नेपालमा कार्यन्वयन गरेको र दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनमा युएसआईडी नागरिक समाज र सञचार परियोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप”स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति गठन भएको हो ।
कार्यक्रममा वृहत छलफलद्धारा सप्तकोशी नगरपालिका वडा नं.४ का वडा अध्यक्ष जयराम खंगको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समितिगठन भएको हो । उक्त समितिको सदस्यहरुमा दलित कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा,राजनैतिक दलबाट सत्य नारायण खंग,निकित सुर्खेती,भुटेल खंग र सप्तकोशी नगरपालिका सामाजिक शाखाका शाखा अधिकृत प्रकाश सुवेदी रहेका छन् ।
२०७६ साल मंसिर २४ गते मधेश प्रदेश सरकारले दलित सशक्तीकरण ऐन २०७६ राजपत्रमा प्रकाशित गरेपनि मधेश प्रदेशका १३६ पालिकामध्ये ३५ ओटा पालिकामा मात्रै उक्त समिति गठन भएको छ । मञ्चले मधेश प्रदेशका सबै पालिकामा समिति गठन गरी दलित समुदायका संवैधानिक अधिकार सुनिश्चित गर्न पहल गर्दै आइरहेका छन् ।
कार्यक्रममा सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालले दलित समुदायहरुलाई पालिकाले सहज ढंगले सेवा सुविधाहरुमा पँहुच बढाउने प्रतिवद्धता व्यक्त गरे ।
उक्त कार्यक्रमको अध्यक्षता गरिरहनु भएका सप्तकोशी नगरपालिकाका नगर प्रमुख ढकालले भने,‘मञ्चले मधेश प्रदेशमा रहेका दलित समुदायहरुको संदर्भमा नीतिगत रुपमा कानुनी तबरलेदलितहरुलाई व्यवस्थापन गर्नका लागि स्थानीय तह र प्रदेश सरकारमा पँहुच बढाउने पहलकदमी गरिएकोले मञ्चलाई धन्यवाद छ ।’ सप्तकोशी नगरपालिकामा गठित स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति कार्यान्व्यन गर्नका लागि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा समावेश गरी बजेटसमेत विनियोजन गर्ने समेत नगर प्रमुख ढकालले प्रतिबद्धता जनाए ।
कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदेव चौधरी,वडा नं.३ का वडा अध्यक्ष देवकान्त गोजेबार,वडा नं.२ का वडा अध्यक्ष जाहिर हुसेन,दलित कार्यपालिका सदस्य राजेन्द्र विश्वकर्मा लगायत गठित स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समितिलाई समग्र कार्यान्वयनको बिषयमा सहकार्य गरेर अगाडी बढने बताए ।
गठित समितिमा बाँकी चार जना सदस्यहरु अनुगमन समितिको अर्को बैंठकबाट तय गर्ने सामाजिक शाखा अधिकृत सुवेदीले बताए । सो कार्यक्रममा मञ्चका परियोजनाका टिम लिडर राजकुमार पासवानले दलित सशक्तिकरण ऐन २०७६ कार्यान्व्यन र स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति गठन प्रक्रिया र परियोजनाको उद्देश्यबारे कार्यक्रम अधिकृत अजेन्द्र कुमार दासले सहजिकरण गरेका थिए ।
उक्त छुवाछूत अनुगमन समिति गठन कार्यक्रमको अध्यक्षता सप्तकोशी नगरपालिकाका नगर प्रमुख ढकाल र परियोजनाकी कार्यक्रम अधिकृत अनुराधा दाहालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया