अनिश शेख
राजविराज,बैशाख १९ गते ।
सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितलाई राहतको लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले एक दिनको तलब भता दिने घोषणा गरेको छ ।
पालिका अध्यक्ष विद्यानन्द चौधरीले अग्निपीडितहरूलाई विपत्तिको समयमा समस्यासँग लडन छिन्नमस्ता गाउँपालिकाका सम्पुर्ण कर्मचारी तथा सम्पुर्ण जनप्रतिनिधिले एक दिनको तलब–भत्ता दिने जनाकारी दिए ।
’यस विपत्तिमा सबै एक जुट भै लाग्न समेत आग्रह गर्द्छुँ, हामी सहयोग गर्नेछौँ, सबै जनाले सक्दो सहयोग गरौँ,’ अध्यक्ष चौधरीले भने, ’सप्तरीका सम्पूर्ण स्थानीय सरकार प्रमुख ज्युहरुलाई समेत सहयोगमा लाग्न आग्रह गर्द्छु ।’
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दले पालिकामा ३ सय जना कर्मचारी रहेको जानकारी दिए । उनले सबै प्रक्रिया थालेर छिटै पीडितहरुलाई चेक हस्तान्तरण गर्ने बताए ।
मंगलबार दिउँसो त्यहाँ भएको भिषण आगलागीबाट एक सय भन्दा बढी परिवार घर बिहिन भएका छन् ।
प्रतिक्रिया
GBlXrpxMYaLu
२0८१ बैशाख २३ गते १५:५८
bVBUrKRtuW
जवाफ दिनुहोस्
GBlXrpxMYaLu
२0८१ बैशाख २३ गते १५:५८
bVBUrKRtuW
जवाफ दिनुहोस्
GBlXrpxMYaLu
२0८१ बैशाख २३ गते १५:५८
bVBUrKRtuW
जवाफ दिनुहोस्