सप्तरीका आगलागी पीडितहरुका घर मधेश सरकारले बनाउने

...

रामनाथ राम
राजविराज,बैशाख २० गते ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महदेवा गाउँपालिका– १ स्थित चिम्टीका अग्निपीडितहरूका अवस्था बारे जानकारी लिन स्थलगत निरीक्षण गर्दै बास व्यस्थापनका लागि मधेश सरकारल घर बनाईदिने प्रतिबद्धता जनाएका  छन् ।
बिहीबार दिउँसो आएका उनले प्रदेश सरकार जनताको समस्या प्रति संबेदनसिल रहेको भन्दै उनीहरूको पीडा र समस्याप्रति सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरेका हुन् । 
आगलागी स्थलमा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै उनले भने, ” समस्यामा परेको जनताका लागि काम गर्नबाट सरकार पछि हट्दैन । ” १–२ दिनभित्रै आवश्यक निर्णय लिएर अग्निपीडितहरूका लागि प्रदेश सरकारले घर निर्माणको सुरुवात गर्ने मुख्यमन्त्री यादवले उद्घोष गरे ।
उक्त अवसरमा मधेस प्रदेश सरकारका बन तथा पर्यटनमन्त्री भरत प्रसाद साह, पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेशसभा सदस्य मनिष सुमन,  स्थानीय जनप्रतिनिधि लगायतका विभिन्न पार्टीका नेताहरुको उपस्थित रहेको जनता समाजवादी पार्टी, नेपाल  सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।  
यस सप्तरीको कञ्चनरुप नगरपालिका ५ पडेमारामा भएको आगलागी पीडितहरुलाई समेत घर बनाईदिन दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानले गत आईतबार मुख्यमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाएका छन् । मुख्यमन्त्री यादबले पडेमाराका पीडितलाई समेत घर बनाईदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया