कञ्चनपुर, बैशाख २१ गते ।
बैशाख २१ गते बिहान करिब ९ बजेको हुदो हो । कन्चनरुप नगरपालिका वडा न. १ स्थित बैरवाको उत्तर कोशी नदीको सहायक नदी त्रियुगा नदीमा अकस्मात् २ जना ब्यक्तिहरु नदीले बगाएर ल्याएको देखिन्छ । उनिहरु बचाऊ बचाउ गर्दै कुनै बेला पानी समेत खाएर जीवन रक्षाको गुहार मागिरहेका थिए । यता नदी किनारमा र्याफ्ट बोट सहित लाईफ ज्याक्केट र सेफ्टी हेल्मेट लगाएको फौज तैनाथ थियो । सोही बेला बरमझिया स्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालयको उल्लेखित तालिम प्राप्त टोलिले उनिहरुलाई सकुसल उद्धार गरेको देखिन्छ । हेर्दा र सुन्दा नरमाईलो लागे पनि त्यो जल उद्धार सम्बन्धी अभ्यास थियो ।
सप्तरीमा चैत्र १५ गते देखी संचालन भएको जल उद्धार तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग बिजय सुबेदीको प्रमुख आतिथ्यतामा समापन भैरहेको कार्यक्रमको दृष्य थियो । २८ दिन सम्म चलेको उक्त तालिममा सशस्त्र प्रहरी बल नेपालका बिभिन्न युनिटहरुबाट २८ जना सहभागि थिए । तालिम समापनको उक्त अवसरमा कञ्चनरुप न.पा. २ स्थित त्रियुगा नदीमा जल बाट उत्पन्न हुने बिभिन्न प्रकोपहरुको सिमुलेशन एक्ससाईज गरी समापन गरिएको थियो । सो अवसरमा जलद्धारा उत्पन्न हुने बिभिन्न प्रकोपका घटनाहरुमा परेका÷फसेका ब्यक्तिहरुलाई नदि वा पानीमा नपरी डोरी र लाठीको सहायताद्धारा गरिने ड्राई रेस्क्यू, वोटद्धारा गरिने रेस्क्यू, बिभिन्न ईम्प्रोभाईज फ्लोटिङ्ग डिभाईसद्वारा गरिने रेस्क्यू,Upper Water River Crossing बिधीद्वारा गरिने उद्धार अभ्यासहरु र उद्धारकद्धारा पौडी खेली पानीमा फसेका ब्यक्ति समक्ष पुगी गरिने उद्धार अभ्यासको प्रदर्शनी गरिएको थियो ।
अभ्यास कला अवलोकनका लागि शिक्षालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, अन्य दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु र अवलोकित दैनिकका सम्पादक भोला पासवान तथा सम्बादाता अनिश शेख लगायतको उपस्थित रहेका थिए ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले स्थानीय प्रशासन संग समन्वय र सहकार्य गरी बिभिन्न विपद् जन्य विशेष प्रकृतिका तालिमहरु थप संचालन गर्दै लैजानु पर्नेमा जोड दिएका थिए । स्थानिय निकायहरुसँगको सहकार्यमा यस्ता प्रकृतिका प्रशिक्षणहरुले विपद् जन्य घटनाहरुमा समुदाय स्तरका युबाहरुलाई तत्काल उद्धार कार्यमा परिचालन गर्न सकिएमा क्षती न्युनिकरण गर्न सहज हुने भएकोले सोही अनुरुप कार्ययोजना सहित अगाडि बढ्नु पर्ने बताए ।
सशस्त्र प्रहरी बल नेपाल बिपद उद्धार कार्यमा दक्ष जनशक्ती रहेको सुरक्षा संगठन हो । बिपद ब्यबस्थापनमा बङलादेश र नेपालमै तालिम प्राप्त गोताखर जनशक्ती सशस्त्र प्रहरीमा रहेका छन । सशस्त्रको आफ्नै बिपद ब्यबस्थापन तलिम केन्द्र कुरिनटारमा रहेको छ । हालै मात्र हरेक प्रदेशमा सशस्त्र प्रहरिले बिपद ब्यबस्थापनको कार्य मात्र गर्ने गरी डियसपीको कमान्ड युनिट स्थापना गरेको छ ।
प्रतिक्रिया