किशोर पासवान
कञ्चनपुर, असोज ३० गते । कञ्चनरुप नगरपालिका–८ स्थित रामनारायण साह(भूपू गाविस अध्यक्ष)को घर नजिकको बाटोमा रहेको खाल्डोका कारण सर्वसाधरणलाई आवत जावतमा कठिनाई भएको छ ।
फतेपुर–कञ्चनपुर सडक खण्ड अन्तर्गत पर्ने सो नालामा गत असोज २४ गते साईकलमा खाद्य लिएर जादै गरेको एक साईकल यात्रु भत्कीएको नालामा खसी गम्भीर घाईते भएका थिए ।
कञ्चनपुर फतेपुर सडक बन्दा साहको घर अगाडीका साविकको ढल होमपाईप दिन भन्दै स्थानियहरुले काममा रोक लगाएका थिए । ठेकेदारले काम सम्पन्न भएपछि होमपाईप दिने प्रतिबद्धता गरेको भएपनि उक्त प्रतिबद्धता पुरा नगर्दा समस्या भएको स्थानीय उमेश रौनियारले बताए ।
‘सडकमा होमपाईपको दुबै पटी खाल्डो रहेको कारणले गर्दा नगरपालिकाको कार्यालय र हटिया जाने सवारी साधनहरुलाई समेत कठिनाई भईरहेको छ ।’ उमेश रौनियारले भने,‘२०७२ सालमा बाटोको काम थालिएपछि १२÷१२ फिट दायाँ बायाँ छोडी सडक बनाउन भनियो तर एकापट्टीमात्र लिएकोले साविकको इनार भएको हुदा जस्ताको त्यस्तैमा सडक नला बनाएकोले पानि जम्ने र कालो पत्र भत्कीएका छ ।’
वर्षातमा सडक खटान भएपछि दुर्घटना बढ्नुका साथै थप दुर्घटनाका लागि जोखिम बढेको छ । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले दुई÷तिन महिना पछि विकासको काम तिव्र रुपमा हुने बताए । उनले भने,‘अहिले नगरपालिकाबाट कर्मचारी रवाना लिएर गएको छ तर उताबाट कर्मचारी नपठाएकोले काम गर्न कठिनाई भएको छ ।’
प्रतिक्रिया