तिरहुतमा वन तथा वातावरण मन्त्री साहको पहलमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र संचालन हुने भएपछि स्थानीय जनता उत्साही

...

कञ्चनपुर,बैशाख २१ गते ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडकी जिएम संगिता यादब नेतृत्वको एक टोलीले शुक्रबार सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजरा स्थित सामुदायिक वन क्षेत्रको अस्थलगत अवलोकन गर्दै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र संचालनका लागि प्रक्रिया थालेका छन् ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्री नवलकिशोर साहको विशेष पहलमा लोहजरा स्थित ठाकुर बाबा वन उपभोक्ता समिति र बाबा बण्सखण्डी वन उपभोक्ता समितिमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र संचालन गरिने तयारी थालिएको हो । जिएम यादबका  अनुसार अगामी आर्थिक बर्षबाट काम सुरु हुनेगरी  मेन्थाको खेती सुरु गर्ने गरी काम अघि बढाउने बताएकी छिन् । जिएम यादबले भनिन,“तेस्रो बालीका रूपमा ९० दिनमा प्रतिकठ्ठा कम्तीमा रु सात हजार प्रतिफल लिन सकिन्छ”, उहाँले भन्नुभयो, “कम्पनीले किसानको जडीबुटी निःशुल्क प्रशोधन गर्ने गरेको छ भने किसानको उत्पादन कम्पनीले नै खरिद गर्ने गरेको छ ।” 
बीउ उत्पादनका लागि कम्पनीले आफैँ खेती गर्ने बताइएको छ । किसानले बजार खोज्नु नपर्ने भएपछि जडीबुटीबाट आम्दानी लिन सहज तिरहुत गाउँपालिकाका पूर्व अध्यक्ष हेमन्त बअडखेर यादबले बताए । 
“धान,गहुँपछि तेस्रो बाली हो, अरु खेती गर्नुभन्दा जडीबुटीखेती गर्दा राम्रो हुन्छ ।” पूर्व अध्यक्ष यादबले भने,‘जडीबुटीखेती गर्न किसान तयार छ,स्थानीय सरकार र किसानले पुरा साथ दिन्छ । ’ 
एक कठ्ठा जमिनमा तीनदेखि पाँच लिटरसम्म मेन्थाको तेल उत्पादन हुने जनाइएको छ । मेन्थाबाट प्रशोधित तेल प्रतिलिटर रु एक हजार चार सय प्रतिकिलोमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले खरिद गर्नेछ ।
कम्पनीले सामुदायिक वनसँग सहकार्य गरेर खेती गर्नुका साथै स्थानीय किसानहरुलाई समेत खेती प्रोत्साहित गर्छ । जडीबुटीखेती अन्नबालीभन्दा सजिलो र नगदेबाली भएकाले किसानको आकर्षण बढेने स्थानीय प्रकाश महतोले बताए । कम्पनीले स्थानीयलाई रोजगार पनि उपलब्ध गराउने भएकोले किसानहस् उत्साही देखिएको छ ।
मेन्थाबाट सञ्चो, हिमालयन मसाज तेल, पाउडर, साबुन उत्पादन हुन्छ । “सञ्चो र मसाज तेल स्वदेशमा राम्रो खपत भइरहेको छ ।” प्रशोधित तेल आफ्नै जडीबुटी कम्पनीले उत्पादन गर्ने तेलमा खपत भइरहेको जिएम यादबले बताइन् । 
नेपालको उच्च पहाडी क्षेत्रमा पाइने धसिङ्ग्रे, टिमुरलगायत फरक तेलजन्य वनस्पतिको सम्मिश्रणबाट सन्चो तेल उत्पादन हुन्छ । सन्चो कफ, रुघाखोकी, हाड तथा जोर्नीको दुखाइ आदिमा प्रयोग गरिन्छ । सन्चोबाट यी समस्या समाधान भई प्रयोग गर्नेको संख्या बढ्ने गरेको छ । कफ, रुघाखोकीलगायत समस्या समाधानका लागि प्रयोग गरिने ‘झण्डु बाम’ वार्षिक रु ५० करोडको भारतबाट आयात हुने गरेको छ । सन्चोजस्ता उत्पादनलाई बढाएर आयात रोक्ने काम गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले हाल बाराको तामा गढी, मोरङको बेलबारी, सुनसरीको तरहरा, कैलालीको टीकापुरमा व्यावसायिकरूपमा जडीबुटी खेती गरेको छ । यहीँको खेतीबाट अहिले कम्पनीले आफ्ना उत्पादनका लागि कच्चा पदार्थ तयार पार्ने गरेको छ । यी ठाउँमा घाँस उत्पादन गरेर तेल उत्पादन गर्ने र त्यसबाट औषधि बनाउने गरिन्छ । रामेछापमा रहेको कम्पनीको जग्गामा धसिङ्ग्रे प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
कम्पनीका जिएम यादबको टिमसँग स्थलगत अनुगमन टोलीमा हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेस साह,तिरहुत गाउँपालिका पूर्व अध्यक्ष हेमन्त बहडखेर(मनोज),अवलोकित दैनिकका सम्पादक भोला पासवान लगायत सहभागिता रहेका थिए ।
 
प्रतिक्रिया

gwUemZHE

२0८१ जेष्ठ १७ गते ५:३४

piKIeRPsXtHEC

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

gwUemZHE

२0८१ जेष्ठ १७ गते ५:३४

piKIeRPsXtHEC

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes