कञ्चनपुर,बैशाख २२ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ पडेमाराका आगलागी पिडीतहरुलाई नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवलकिशोर साहले एक महिना बराबरको तलब र महिलाहरुका लागि किट शनिबार वितरण गरिएको छ ।
एक कार्यक्रमबीच मन्त्री साहको छोरा सुमित साहले १४ जना पूर्ण क्षति भएका र २ जना आंशिक क्षति भएका गरि १६ परिवारलाई जनही ५÷५ नगदका साथै महिलाहरुका लागि साडी,ब्लाउजका कपडा,साबुन लगायतका सामग्री वितरण गरेका थिए । राहत वितरण कार्यक्रममा भोला पासवान,हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साह,जसपा कञ्चनरुप नपाका सचिव चितरंजन यादब,जसपाका स्थानीय नेता बसन्त सरदार लगायतको उपस्थिती रहेको थियो ।
गत बैशाख ९ गते भएको आगलागीमा पडेमाराका सरदार बस्ती जलेर खरानी भएका थिए । विगत दुई दशकमा ६ पटक आगालागी झेलेका पडेमाराबासीहरुले स्थानयी रुपमा घर बनाईदिन हुन पहल गर्न आग्रह गरेका थिए । यूवा नेता सुमित साहले वन तथा वातावरण मन्त्रीले व्यक्तिगत रुपमा सहयोग गरेको जानकारी गराउँदै मधेश प्रदेश र संघीय सरकारलाई समेत थप राहत र घर बनानदिनका लागि पहल गरीरहेको जानकारी गराएका थिए ।
प्रतिक्रिया