कञ्चनपुर,बैशाख २२ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ५ पडेमराका आगलागी पीडितलाई नेपाल सरदार बाँतर स. कल्याणकारी र नेपाल सरदार बाँतर समाजको सयुक्त आयोजनामा नगद र राहत सामग्री शनिबार एक कार्यक्रमको आयोजना गरि बितरण गरेका छन् ।
बाँतर समुदायहरुले स्वस्फूर्त रुपमा रकम संकलन गरेर आगलागी पीडितहरुलाई सहयोग गरेको उत्थान केन्द्रका केन्द्रिय कार्यावाहक अध्यक्ष श्याम सरदारले जानकारी गराउनु भयो ।
आगलागी पीडितलाई प्रति परिवार १ हजार ८ सय रुपैयाँका दरले नगदका साथै चामल २० बोरा ,भुजा,चाउचाउ , तेल ,साबुन लगायत खाद्यान्न र दैनिक उपभोगका सामग्रीहरु बितरण गरेको बताए
त्यस्तै महिला तथा बालबालिकाहरुलाई साडी र अन्य लता कपडा समेत बितरण गरेको रामलाल सरदारले जानकारी दिए ।
प्रतिक्रिया