कञ्चनपुर, बैशाख २४ गते ।
वैदेशिक रोजगारीमा खाडी मुलुक कतार पठाई दिन्छु भनीे भ्रमण भिसामा पठाएर सालाभिनाजु मिलेर नक्कली एजेन्ट बनि एक जना मुसहरसंग रकम ठगी गरेको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ३ घर भएका बुचाई सदासंग स्थानीय जयराम खङ्ग र उनको भिनाजु डाक्नेश्वरी नगरपालिकाका रमानन्द खङ्ग मण्डलले वैदेशिक रोजगारमा कतार पठाई दिने भन्दै २ लाख ५० हजार ठगी गरेका छन् ।
पीडित बुचाई का अनुसार एजेन्टहरूले कतारको नक्कली भिसा देखाई रकम असुलेर आफुलाई बिक्री प्रतिनिधि बनाएर गत कार्तिक १३ गते भ्रमण भिसामा कतार पठाएको हो । कतार पुगे पछी सदालाई लिन कुनै कम्पनीको कुनै ब्यक्ति नआएपछि आफू अन्योलमा परेको सदाले बताए ।
कतारको प्रहरीमा जादा कामदार भिसामा नपठाई भ्रमण भिसामा पठाएको कुरा बल्ल थाहा पाएपछि सदालाई छाङ्गाबाट खसे झै भयो । त्यसपछि कतै काम पनि नपाएर चिनजानको साथीभाईहरुमा लुकेर बस्न थालेको सदाले दुखेसो सुनाए । साथीको मालिकले थाहा पाउछन् कि डरले सताईरहेको बुचाईलाई साथीहरूकोमा पनि बस्न गाह्रो भएपछि उनिसंग घर फर्किने विकल्प बाहेक अन्य कुनै विकल्प नै रहेनन् । कति दिन त भोकभोकै भौतारिएको र सडकमै रात बिताएको उनी सम्झन्छन् ।
बिदेशमा सदाको केही नलागे पछि घरबाट ऋण काढेर श्रीमतीलाई पैसा पठाउन लगाएर गत मंसिर १७ गते अनुहार मलिन र मन गह्रुङ्गो मन लिएर घर फर्केको बुचाईकि पत्नी मुनिया देवि सदाले अबलोकित दैनिक लाई रुदै बताइन् । बिदेश बाट घर फर्केपछि बुचाईले केही नगरेको र सम्बन्धित निकायहरूमा नगएको पनि होइन , तर कहिँ कतैबाट कुनै सुनुवाइ नभएको हुँदा पीडित सदा परिवार बिदेशमा भन्दा झन् बढी दुखी र पीडित बनेको महसुस भयो ।
जिल्ला प्रशासन कार्यालय राजबिराज सप्तरीमा रहेकोे आप्रवासी सेवा केन्द्रले एजेन्ट मध्ये एक जना जयराम झिकाएर तत्काल कारवाही र क्षतिपूर्ति नदिलाई गत माघ २६ गते ठगेको रकम बराबरको एउटा भर्पाई मात्र बनाई दिएको मुनियाले बताईन । हाल सदा दम्पती ठगिएको रकम असुल दिन दिनहुुँ स्थानीय निकाय र गाउँका भरभलामीहरु कहा धाईरहेका छन् तर सुनुवाइ र पहल कहि कतैबाट नभएको सदा दम्पतिले एकै स्वरमा बताए ।
प्रतिक्रिया
Tribendra Murti Panta
२0८१ बैशाख २४ गते १६:५३
Amazing news with feeling many people face without knowledge of reality.
जवाफ दिनुहोस्
xWbZsNjBJKrvy
२0८१ बैशाख २६ गते २१:१७
kQJdtTOSjmb
xWbZsNjBJKrvy
२0८१ बैशाख २६ गते २१:१७
kQJdtTOSjmb
xWbZsNjBJKrvy
२0८१ बैशाख २६ गते २१:१७
kQJdtTOSjmb