कञ्चनपुर, बैशाख २७ गते । अहिले किसानहरुको लागि धान खेतीको बेर्ना लगाउने उचित समय भएकोले कति बेला बर्षा हुन्छ भनेर किसानहरु बर्षाको कामना गर्दै आकाश तिर हेर्दै गरेको अवस्था छ भन्ने अर्कोतिर सप्तरीको कञ्चनरुप नगरपालिकाको पडेमरा र महादेवा गाउँपालिकाको चिमटीका आगलागी पीडितहरुलाई भने बर्षा र असिना आयो भने पिडा माथी अर्को पिडा थपिने चिन्ताले सताईरहन्छ ।
पडेमराका आगलागीमा परि सर्वस्व गुमाउन पुगेका लालबहादुर सरदार भन्छन् ‘हामीलाई आगलागीको पिडा त छदैछ तर बर्षातको मौसम भएकोले कति बेला बर्षा हुने हो भने चिन्ता र डरले सताईरहन्छ’ ।
झन असिना सहितको बर्षा भयो भने हामी ठुलो ९व्यस्क ० मान्छेले जसोतसो समस्या झेली हाल्छौ तर हाम्रो बालबच्चा , पशु चौपायाहरुको हालत कस्तो हुन्छ भन्ने त्रासले सताईरहने गरेको पडेमारा कै अर्का पीडित आशाराम सरदार बताउँछन् ।
महदेवाको चिमटीको आगलागी पीडितको समस्या भन्ने फरक छैन । चिमटी कि आगलागी पीडित तरिया देविको पनि अवस्था त्यस्तै छ । आकाशमा कालो बादल देख्नासाथ हामी सबै पीडित त्रसिने गरेको तरिया बताउछिन् ।
हाल सबै ठाउको आगलागी पीडितहरु सरकारी , गैरसरकारी निकाय र व्यक्तिहरुले दिएको दाल,चामल, नुन तेलको भरमा जीवन निर्वाह गरिरहेका र एक परिवारलाई एकमात्र दिएको त्रिपालको मुनि चर्को गर्मी संगै बग्ने गरेको लू ९ तातो हावा ०को बेलामा पनि दिन एवं रात कटाउन बाध्य छन ।
चिमटीका पीडितलाई सप्तरी यूथ नेपालले ८ दिन ९सोमबार ० सम्म सामुहिक खानाको व्यवस्थापन गरेकोमा मंगलबार देखि खाना खुवाउन छोडेका छ्न ।
चिमटीका आगलागी पीडित मंजु देवि सदाले भनिन हामीलाई खाना खुवाउन पनि छोडियो , हामीसंग केही दाल ,चामल ,भुजा,चाउचाउ लगायतका खाद्यान्न थोरै छ्न र परिवार ठुलो छ अब परिवारको गुजारा कसरी गर्ने भन्ने चिन्ता पनि छ्न ।
युथ नेपालले खाना खुवाउने गरेको सुनेर सहयोगीहरुले खाद्यान्न सहयोग गर्न छोडेको अर्का चिमटीकि पीडित महाबती सदाले मुख मलिन गर्दै गुनासो गरिन ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हामी आगलागी पीडितलाई घर बनाई दिने दिएको आश्वासनले धेरै आशा जागेको छ तर कहिले घर बन्ने हो भन्ने चिन्ताले हामीलाई बेलाबेला सताउने गरेको अर्का पीडितले चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया
Tribendra Murti Panta
२0८१ बैशाख २८ गते २:१९
सरकारले बर्षाको आगामी समयमा रकम वितरण गर्नुपर्छ।
जवाफ दिनुहोस्