कञ्चनपुर, बैशाख २७ गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुन सहित १२ जना माथी विशेष अदालत काठमाण्डोमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मेयर र उपमेयर सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत छैठौँ धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवन कुमार झा, इन्जिनियर राकेश कुमार चौधरी, सव–इन्जिनियर दिपेश कुमार साहले नगरपालिकाको वडा नंम्बर १ स्थित रहेका्े हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी ५ लाख ८४ हजार ६ सय ३७ रूपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार अख्तियारले कार्यपालिका सदस्य सोगरा खातुन, वडा नं. १ का वडा अध्यक्ष अनिल कुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीलाई पनि प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।
प्रतिक्रिया