कञ्चनपुर,बैशाख २८ गते । कञ्चनरुप नगरपालिकाकाे नगर प्रमुख ललन प्रसाद गुप्तालाई नवौं नगरसभाका सक्कल निर्णय पुस्तिका सहित उपस्थित हुन उच्च अदालत जनकपुर,राजविराज इजलासले आदेश दिएको छ ।
कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुनाकुमारी पोखरेलले गत बैशाख २४ गते दायर गरेको निषेधाज्ञा,उत्प्रेषण मिश्रित परमादेश माग गरेपछि सोही दिन न्यायधिस बामदेव ज्ञवालीको एकल इजलाशले सो आदेश दिएको हो ।
उपप्रमुख पोखरेलकोतर्फबाट अधिवक्ता हेमनारायण चौधरीले बहस गरेपछि बिपक्षीहरु कञ्चनरुप नगरपालिकाको नगर प्रमुख ललन प्रसाद गुप्ता,प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहुु रौनियार समेत नगर कार्यपालिकाको कार्याललयलाई दुवै पक्षको उपस्थितिमा छलफल गराई निष्कर्षमा पुुग्न उपयुक्त हुने देखिदा सो प्रयोजनका लागि नवौं नगरसभाका सक्कल निर्णय पुस्तिका सहित उपस्थित हुन आदेश दिएको हो ।
अदालतले बैशाख ३० गते पेशी तोकी सोको जानकारी विपक्षीहरुलाई दिई नियमा अनुसार पेश गर्न आदेश दिएको हो ।
यसअघि पनि उपप्रमुख पोखरेलले पटक पटक सूचना माग गर्दा समेत नदिएपछि अदालतमा अर्को मुद्दा समेत गरेको छ । कञ्चनरुप नगरपालिकामा नगरप्रमुख ललन प्रसाद गुप्ताले उपप्रमुख पोखरेललाई समान्य सूचना देखी संवैधानिक रुपमा पाउने अधिकार समेत नदिएपछि पछिल्लो समय दुरी बढेर अदालतसम्म पुुगेको छ ।
प्रतिक्रिया
BDMFRuPjKC
२0८१ जेष्ठ २ गते २0:३३
QXkNsygmOUvP
जवाफ दिनुहोस्
BDMFRuPjKC
२0८१ जेष्ठ २ गते २0:३३
QXkNsygmOUvP
जवाफ दिनुहोस्