अब सामुुदायिक बिधालयका शिक्षकले अर्को बिधालयको हेडसर हुुन र निजीमा पढाउन नपाईने 

...


 कञ्चनपुर, बैशाख २९ गते । अब सामुदायिक बिधालयमा कार्यरत शिक्षकहरुले आफुु कार्यरत बिधालय बाहेक काज वा अन्य सरुवा मिलाएर पनि अर्को बिधालयमा गई हेडसर हुन र निजी स्कुुलमा पढाउन पाईने छैन । शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको शिक्षक व्यबस्थापन समन्वय शाखाले सामुदायिक बिधालयमा कार्यरत शिक्षकहरुको लागि शिक्षा र बिधालयको प्रशासन बाहेकको काम काज नगर्न नगराउन  शुक्रबार सबै स्थानिय तहहरुलाई निर्देशन जारी गरेको छ । 
काज वा अन्य सरुवा मिलाएर सामुुदायिक बिधालयका धेरै शिक्षकहरु दरबन्दी रहेका बिधालय बाहेक अर्को बिधालयमा गई हेडसर बनेका छन । त्यस्तै अन्य निजी तथा संस्थागत बिधालयमा समेत पढाउने गर्दै आईरहेका छन । शिक्षक व्यबस्थापन समन्वय शाखाको यस्तो निर्देशनले उनीहरुले यस्तो गर्न पाईने छैन ।
शाखाले सबै स्थानिय तहहरु संगै सबै जिल्ला स्थित रहेको शिक्षा विकास तथा समन्वय ईकाईलाई पनि पत्राचार गर्दै त्यस्तो दिएका हुन । मन्त्रालयको २५ बैशाखमा बसेको माननिय मन्त्रीस्तरिय बैठकले गरेको निर्णय अनुुसार शाखाका निर्देशक नारायण प्रसाद पोखरेलले सम्बन्धित निकायहरुलाइ निर्देशन दिएका हुन ।
सामुदायिक बिधालयका शिक्षकहरुले बिधालय व्यबस्थापन समिति र शिक्षा विकास तथा समन्वय ईकाई प्रमुखको स्वीकृती नलिई आफुु बहाल रहेको बिधालय बाहिर कामकाज गर्न नहुने भन्ने व्यबस्था शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम १ को (ज) मा रहेकोले सोही अनुसार निर्णय गरी पत्राचार गरृको हो । यस निर्देशनले सामुदायिक तथा निजी बिधालयमा कामकाज गर्दे आईरहेका सामुुदायिक बिधालयका शिक्षकहरुलाई निजी बिधालयमा कामकाज गर्न पुुर्ण रुपमा बन्देज समेत लागेको छ ।
त्यस्तै शिक्षा ऐन २०२८ को दफा १६च २ को उपदफा (१) मा पनि सोही व्यबस्था रहेको छ । शिक्षकलाई कहि कतै काजमा जाने,काजमा राख्ने जस्ता काम कारवाही गर्न समेत रोक लगाएको छ भने प्रधानाध्यापक हुुनको लागी काज सरुवा मिलाई अन्य बिधालय गएका शिक्षकहरुलाई दरबन्दी रहेका बिधालयमा फिर्ता हुुन बाध्य गराउने छन ।  

प्रतिक्रिया