कञ्चनपुर,वैशाख , ३० गते ।
चारदिन अघि सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थितमा नेपाल बैंक लिमिटेडको सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या आरोपीलाई प्रहरीले हेटौउडाबाट पक्राउ गरेको छ ।
प्रहरीले चन्द्र सुवेदीलाई मकवानपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट विशेष टोलीले गएराति पक्राउ गरेको हो ।
बिहीबार बिहान ३ बजेर १८ मिनेटमा सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको थियो ।
गार्डको हत्यापछि बैंक लुटपाटको प्रयास भएको थियो । तर लुट्न नसकेपछि फर्किएको सीसीटीभी फुटेजमा देखिएको थियो । मृतक सप्तकोशी नगरपालिका २ का स्थायी बासिन्दा हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले नेपाल बैंक लि. फत्तेपुर शाखा सप्तरीका सुरक्षा गार्डलाई धारीलो हतियार प्रहार गरी हत्यामा संल्गन फरार व्यक्ति पक्राउ गरेको सम्वन्धमा जानकारी दिन आज दिउंसो १;३० बजे पत्रकारहरुलाई बोलाएको छ ।
प्रतिक्रिया