दलित सरोकार मञ्च र स्टोरीज अफ नेपालद्वारा पडेमराका आगलागी पीडितहरुलाई घर निमार्णका लागि जस्तापाता बितरण

...

कञ्चनपुर,बैशाख ३० गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ५ पडेमराका आगलागी पीडित परिवारलाई स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले एक कार्यक्रमको आयोजना गरि आईतबार संयुक्तरूपमा  जस्तापाता बितरण गरेका छन् ।
गत बैशाख ९ गते भएको आगलागीबाट १४ परिवारको घर पूर्ण रुपमा क्षति भएका भएका थिए । आगलागी भएको तीन साता बित्दा समेत आगलागी पिडीतहरु खुल्ला अकाशमुनी बस्न बाध्य थिए । 
आगलागी पिडीतका लागि स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले  फन्डरेज गरेर पहिलो चरणमा करिब ३ लाख ३४ हजार बराबरको जस्ता,मेग्रा र काटी सहितका समान वितरण गरिएको छ ।
पिडीत परिवारलाई प्रति परिवार २ बण्डलका दरले रंगीन जस्तापाता बितरण गरेको मञ्चका कार्यक्रम संयोजक राजकुमार पासमानले जानकारी गराएका छन् । पिडीत मध्येकी एक सवितादेवी सरदारले जस्ता पाता सहयोगले घर बनाउन ठूलो सहयोग भएको बताएकी छिन् । उनले भनिन्,‘ खुल्ला अकाशमुनी बसको महिना दिन पुग्न लाग्दा समेत घर बनाउन कत्तैबाट सहयोग भएको थिएन,जस्ता पाता सहयोग भएपछि हामीलाई राहत भएको छ ।’ 
कार्यक्रममा बोल्दै निर्देशक पासवानले स्टोरीज अफ नेपालका संचालक जय पौडेललाई विगत लामो समयदेखी कञ्चनरुप ५का दलित समुदाय विपत्तका समयमा सहयोग गर्न सधै तत्पर रहेकोमा विशेष धन्यवाद दिएका थिए ।
उक्त कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कैलाश साह,वडा नं.९ का अध्यक्ष राम सुन्दर यादब, कञ्चनरुप व्यापार संघका सचिव शशी साह,स्टोरीज अफ नेपालका बिजय कुमार चौधरी र सुरेन्द्र रायको उपस्थिति रहेका थिए । त्यसैगरी दलित सरोकार मञ्चका मनिष कोइराला र अनुराधा दाहाल ,स्थानीय नेताहरु चित्तरंजन यादव,कल्पना चौधरी ,बिजय चौधरी ,जिवछ सरदार ,सुरेश सरदार र बाबुराम सरदार समेतको उपस्तिथिमा पीडित परिवारलाई जस्तापाता वितरण गरेका थिए ।
 गत बिगतका बर्षहरुमा पनि स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले संयुक्तरूपमा वडा नं.५ दलित युवतीहरुका लागि ३ महिने सिलाई कटाई तालीम , दलित महिलाहरूका लागि  मुढा बनाउने तालीम,बाढीबाट पीडितलाई घर मर्मत र ६ जनाको घर निमार्ण,५० जना मुसहर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा,कोरोना समय र बाढीको बेला राहत वितरण लगायतका काम गरेको जानकारी मञ्चका निर्देशक भोला पासवानले गराएका थिए ।
  निर्देशक पासवानका  अनुसार सीप मुलक तालिमहरु संचालनका साथै  आर्थिक उपार्जनका लागि व्यवसाय गर्नको लागि बिँऊ पुँजी दिएको र कञ्चनरुपका बिपन्न दलित परिवारहरुलाई जस्ताको घर समेत निर्माण गरिदिएको जनाएका थिए ।
दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासमानको अध्यक्षतामा तथा स्टोरीज अफ नेपालका बिकास कुमार साहको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा आयोजना भएको थियो ।
 

प्रतिक्रिया