उपप्रधानमन्त्री यादवले दिए सरकारबाट राजीनामा

...

कञ्चनपुर, बैशाख ३१ गते । नेपाल् सरकारको उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा मन्त्री पदबाट आज सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका छन् ।

उनले बुझाएको राजिनामा पत्रमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु', भन्ने कारण खुलाएका छन ।

उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन्। योसँगै जसपा नेपाल सरकारबाट औपचारिक रूपमा  बाहिरिएको छ।

प्रतिक्रिया