काठमाडौँ,बैशाख ३१ गते । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीले सोमबार साँझ शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् ।
जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो । जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट नवलकिशोस साह वन तथा वातावरण मन्त्रीको रुपमा पहिले नै सरकारमै छन् ।
पार्टी विभाजन भएपछि जसपाका नेपालबाट स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादवले राजीनामा दिएपछि जसपाबाट मन्त्री थपिएका हुन् ।
प्रतिनिधि सभामा जसपाका ७ र जसपा नेपालका ५ सांसद छन् ।
प्रतिक्रिया