उच्च अदालतद्वारा कञ्चनरुपका मेयर गुप्ता र प्रमुखमाथीको रिटमा गरेको परमादेश आदेश खारेज

...

कञ्चनपुर, बैशाख ३१ गते । कञ्चनरुपकि उप मेयरले माग गरेको निषेधाज्ञा ,उत्प्रेषण मिश्रित परमादेश उच्च अदालत जनकपुर ,राजबिराज ईजलासले खारेज गरि दिएको छ ।
कञ्चनरुप नगरपालिकाकि उप मेयर मुन्ना कुमारी पोखरेलले नगरपालिकाको कार्यालयलाई समेत विपक्षी बनाई नगर प्रमुख ललन प्रसाद गुप्ता  र प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह रोनियार माथि उच्च अदालत मा मुद्दा  दायर गरेकी थिइन । 
उनले दायर गरेको रिट निवेदनमा विपक्षीहरुले आफुलाई अनुगमन तथा  सु- परिवेक्षण समितिको संयोजकबाट  गैर कानूनी तरिकाले कामकाज गर्न बाट बन्चित गरेको र भदौ ३० गतेको कार्यापालिकाको बैठकबाट अनुमोदित बजेट तथा योजनाहरु हेरफेर गरि आफूखुशी मनमानी गरेकोले आवश्यक कारवाहीको माग गर्दै निषेधाज्ञा ,उतप्रेषण मिश्रित परमादेश माग गरेकी थिइन । ।आईतवार इजलासको माननीय न्यायाधीशद्वय बिमल सुवेदी र कौशल चन्द्र सुबेदीको संयुक्त इजलासले भदौ ३० गतेको निर्णयमा उप मेयरको हस्ताक्षर रहेको भनी अन्तिम निर्णय हुने नै हुँदा हाल निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरि रहन परेन भनी खारेज गरेका छन ।
 

प्रतिक्रिया