जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीद्वारा चिम्टीका आगलागि पिडितहरुलाइ जिल्ला प्रशासन कार्यालय मार्फत नगद वितरण 

...

कञ्चनरुप, बैशाख ३१ गते । जिल्ला विपद् व्यवस्थापन समितिले महादेवा वडा नम्बर १ चिम्टीका ४६ आगलागि पिडित घर परिवारलाइ जिल्ला प्रशासन कार्यालय मार्फत  राहत स्वरुप ७ लाख ८५ हजार नगद वितरण गरेको छ ।
सप्तरीको महादेवा गाउपालिका वार्ड नं १ चिम्टीमा गत बैशाख १८ गते भएको आगलागीको कारण घरवार जलि पिडित भएका ४६ घर परिवारलाइ नगद राहत स्वरुप परिवार संख्या हेरि ५ जना सम्मलाइ रू १५००० र सो भन्दा बढी सदस्य रहेका लाइ रू २०००० का दरले सोमवार वितरण गरिएको राष्ट्रिय अनुसंधान सप्तरी प्रमुख सुरेन्द्र कोइरालाले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा महादेवा गाउपालिका अध्यक्ष सुनिल कुमार मण्डल ,  प्रमुख जिल्ला अधिकारी किरण थापा,प्रमुख सेनानी रमेश पाण्डे,जिल्ला प्रहरी कार्यालयका प्रमुख समेत रहेका प्रहरी उपरिक्षक गजु सिद्धि वज्राचार्य ,शसस्त्र प्रहरी उपरिक्षक धन वहादुर सिंह,राष्ट्रिय अनुसंधान सप्तरी प्रमुख सुरेन्द्र कोइराला,वडा अध्यक्ष जय किशोर दास,वडा सदस्य कमल पर्सेया र सप्तरी युथका का.वा अध्यक्ष मोहन यादव लगायत स्थानीयको उपस्थिति रहेको राष्ट्रिय अनुसंधान सप्तरी प्रमुख कोइरालाले बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिको तर्फवाट नगद राहत स्वरुप परिवार संख्या हेरि ५ जना सम्मलाइ  १५ हजार र सो भन्दा बढी सदस्य रहेकालाई २० हजारका दरले पाएको रकमले पिडितहरुलाई आप्mनो आवश्यकता अनुसार खर्च गर्न सजिलो भएको पिडित महाबती सदाले खुशी हुदै बताईन । 
नागरिकता ,घर यकिन र मतदाता विवरण लगायत तथ्यगत विवरण संकलनमा केहि समय लागेकोले नगद राहत वितरण केहि ढिलो भएको देखिएतापनि पुनर्स्थापना र तत्कालको केहि व्यवस्थापनमै समय लागेकोले नगद वितरण आज गर्नु परीएको छ भने १९ परिवारलाई २० हजार र २७ परिवारलाई १५ हजारको दरले कुल ४६ परिवारलाई जम्मा ७ लाख ८५ हजार नगद वितरण गरिएको कोईरालाले जानकारी दिएका छन ।
 

प्रतिक्रिया

OxKyBoAqU

२0८१ जेष्ठ ६ गते ७:४

BzAWdmLXOwaINo

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

OxKyBoAqU

२0८१ जेष्ठ ६ गते ७:४

BzAWdmLXOwaINo

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes