कञ्चनपुर, बैशाख ३१ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा केही योजनाहरुको काम सकिए पछि पालिका द्वारा अनुगमन नभएको विष्य लिएर बैठक बस्दा प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखले उप प्रमुखको अनुगमन गर्न अधिकार खोसिएको पोखरेलको आरोप रहेकी छीन ।
सोमवार पालिकाको सभाहलमा योजनाहरुको अनुगमन नभए पछि ठेकेदार तथा उपभोक्ता समितीहरुले अनुगमनको विष्य लिएर बैठक बस्दा कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह र नगर प्रमुख ललन प्रसाद गुप्ताले कानुन तहद रहेकोअनुगमन गर्र्न अधिकार खोसिएको उप प्रमुख मुना कुमारी पोखरेलले उक्त बैठकमा गुनासो पोखिएकी हुन् ।
उप प्रमुख पोखरेलले भने अनुगमन गर्न कानुनले दिएको अधिकारको बारेमा पटक पटक कार्यपालिकाको बैठकमा पनी भन्दै आइरहेको मेरो अनुगमन गर्न फिर्ता दिनुस त्यसकै भोली पल्ट अनुगमन गर्न जाने तर मेयरले नै त्यती खेर मलाई भने म यो अनुगमन फिर्ता नदिने भनेका थिए ।
उप प्रमुखले भने मैले पहिलो चोटी सुचनाको हक मागदा खेरी मेयरले भने कार्यपालिकाको बैठकमा उप मेयरलाई सुचनाको हक दियो भने हामी सबै जना फस्छु र फस्नुको कारण के होे प्रश्न गदै उक्त बैठकमा बताईन ।
नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले भने कसैले भन्ने गर्छ यो मेरो योजना हो त्यो मलाई थाहा छैन तर यो नगरपालिकाको नगर योजना हो र कुनै पनी कार्य गर्दा कार्यपालिका हुदै नगर सभामा जाने गरेको छ ।
२०७९÷०८० अनुगमन नगर्दा फाईहरु धेरै नै थन्कीए तेती बेला धेरै काखा पाखा भयो र त्यस पछि यस्तो अवस्था आयो कसैले रुने त कसैले हजुरी गर्ने योजनाहरुमा प्रमुखको हस्ताक्षर मिल्यो मिलेन त्यो योजनामा अनुगमन नभएको नगर प्रमुखले गुनासो गरे ।
कञ्चनरुप नगरपालिकाकी उप प्रमुख लामो समय विदा बसेमा या बिरामी तथा कतै गएमा जेष्ठ नागरिक दामोदर खड्गाले अनुगमन गर्ने कार्यपालिकामा कुनै पनि सदस्य खाली छैन हस्ताक्षर गर्नमा उक्त बैठकमा जानकारी गराएका थिए ।
उक्त बैठकमा कार्यपालिकामा जेष्ठ नागरिक दामोदर खडगालाई अुनगमन गर्न निर्णय गरेको छ तर खडगा भन्दा जेष्ठ नागरिक वडा नं २ का वडा अध्यक्ष मेहदी हुसेन रहेको र अब कार्यपालिकाको बैठकमा नागरितामा उमेर हेरी कुनै निष्र्कश निकालने एक वडा अध्यक्षले बताए ।
उपभाक्ता समिती तथा ठेकेदारहरुको बैठकमा उप नगर प्रमुख र केही ठेकेदार संग बैठक हलमै भना भन भएको बेला उप प्रमुख बैठकबाट बाहिरिएकी थिईन ।
प्रतिक्रिया