समाजमा भईरहेको विकृतीलाई सुधार गर्ने : डिएसपी मिश्र

  • आश्विन ३0, २0७६
  • 0
...

अवलोकित सामाचारदाता
कञ्चनपुर, असोज ३०  गते । ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले आफुले गरेका कार्य,प्रगती पारर्शिता गर्दै आएको दावी गरेका छन ।
    बुधवार कञ्चनरुप नगरपालिका ८ स्थित नगरपालिकाको सभाहलमा समुदाय प्रहरी साझेदारी नागरीक सुनुवाई कार्यक्रममा सो कुरा बताए ।
डिएसपी मिश्रले नागरीक सुनुवाई कार्यक्रममा नेपाल प्रहरीले गर्दै आएको कामबाट स्थानीय समाजमा कतिको फलदायीत्व कार्य गरेको र यसलाई उद्धार गर्ने आएकाृ बताए । नागरिक सुनुवाई कार्यक्रममा स्थानीय समाजसेवी,नागरीक समाज,   राजनैतीकर्मी र भरभलादमीले गरेको प्रशनको जवाफ दिदै प्रमुख डिएसपी मिश्रले समाजमा भईरहेको विकृतीलाई सुधार गर्ने बताए । अहिले समाजमा  भईरहेको लागुऔषध,घरायसी मदिरा, तास,जुवा,महिला हिंसा,अवैधरुपमा ओषार पोसार गिटी वालुवा,जङ्गलबाट अवैधरुपमा ल्याउदै गरेको काठ जस्ता प्रवृति देखा पर्दा नेपाल प्रहरीलाई जानकारी जानकारी दिन अनुरोध गरेका छन् ।
    सोही कार्यक्रममा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको प्रमुख आतिथ्यमा मिश्रले भने बालुवा गिटी ओसार पोसार गरी रहेको विषयमा पटक पटक बैंठक बसेका थिए । नगरपालिकाले गलत काम गर्ने लाई कुनै किसिमको छुट नदिने बताए । राति प्रहरीले गस्ती बढाउने तथा साईकल गस्ती गरीयो भने नगरपालिकाले सहयोग गर्ने बताए ।   
    सोही कार्यक्रममा नेकपा प्रतिनिधि भोला राउत,कञ्चनरुप न.पा.का प्रेस सल्लाहकार उत्तम आर्चाय,लक्ष्मी नरायण चौधरी,खिलानाथ पोखरेल,ईलाका प्रशासन कञ्चनपुरका प्रतिनिधि,राप्रापाका नारायण बहादुर मिश्र,नपा वडा नं ९ का वडा अध्यक्ष लक्ष्मण यादव ,हिरोज स्पोटिङ्ग क्लबका प्रतिनिधि राजकुमार साह,लगायतका बक्ताहरुले आ–आफनो सुझाव दिएका थिए । भने कार्यक्रममा स्थानीय समाजसेवी, नागरीक समाज, जनप्रतिनिधिहरु,राजनितीकदलका प्रतिनिधिहरु, स्थानियतहका प्रतिनिधि,विद्यायका प्रतिनिधि,सामाजिक संस्थाका प्रतिनिधि,समुदाय र संचारकर्मीहरु समेतको उपस्थित रहेको थिए । भने नागरि सुनुवाई कार्यक्रम ईलाका प्रहरी कार्यालयका प्रमुख मकेन्द्र मिश्रको संयोजकत्व तथा सई सिकेन्द्र साहले संचालन गरेको थियो ।

प्रतिक्रिया