कञ्चनपुर, जेष्ठ १ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा कार्यरत एक शिक्षकको सोमबार बैरवामा भएको सडक दुर्घटनामा परि मृत्यु भएको छ ।
कञ्चनरुप वडा नं.३ स्थित रहेको शंकर मा.वि. बरमझियामा प्राथमिक तह द्वितीय श्रेणीमा अध्यापनरत ५५ बर्षिय शिक्षक पञ्चेश्वर मन्डलको बिधालयबाट साईकलमा घर जाने क्रममा पुर्व पश्चिम लोकमार्ग अन्तर्गत रहेको कञ्चनरुप वडा नं. १ बैरवामा पश्चिम बाट पुर्व तर्पm गईरहेकोे प्रदेश नं.१–०४–००१ च ०५०२ नम्बरको जिपले सोमबार दिउँसो १२ः३० बजेको समयमा ठक्कर दिएका थिए ।
जिपको ठक्करबाट घाइते भएका शिक्षकलाई उपचारको लागि न्युरो हस्पिटल बिराटनगर लगिएकोमा उपचारकै क्रममा सोही दिन दिउँसो २ः३० बजे मृत्यु भएको प्रहरीले जानकारी गराउनु भयो । तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई रहेको छ । मोरङ्ग जिल्ला रंगेली घर भएका जिपकोे चालक बाबुुराम पाण्डलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई सबारी ज्यान मुद्दामा म्याद थप गराई अनुसंधान भईरहेको इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले जानकारी गराउनु भयो ।
मण्डलको २०४८ श्रावण २२ गते प्रा.शि. तृतिय श्रेणीमा न्युुक्ति भई गत श्रावण ३१ गते मात्र शंकर मा.वि.मा सरुवा भई आएको प्रधानाध्यापक गजेन्द्र प्रसाद चौधरीले बताए ।
प्रतिक्रिया